लण्डन — बेलायतमा नेपाली व्यवसायीद्वारा संचालित होलि काउ समूहले आफ्नो ब्रान्च नजिकका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाना वितरण गरेको छ ।
एनएचएसमा कार्यरत स्वास्थ्यकर्मीहरु कोरोनाबाट संक्रमित बिरामीहरुलाई सेवा पुराउन रात दिन खटिरहेका बेला होलिकाउले खाना खुवाएको हो ।
कोरोना महामारीको संकटमा वृद्ध-वृद्धा र आफ्ना डेढ दशकदेखिका ग्राहकहरुलाई तातो खाना पुर्याएर सेवा गर्नु आफ्नो कर्तव्य रहेका कारण स्टाफ र संचालकहरुले हालसम्म सबै ब्रान्च खुल्ला राखेर सेवा गरिरहेको होलि काउ समूहका अध्यक्ष कुल आचार्यले जानकारी दिए ।
“मानव सेवा नै सबै भन्दा ठूलो धर्म हो। त्यसैले एनएचएसका स्टाफ, प्रहरी, यातायात लगायतका अत्यावश्यक सेवा जस्तै हामीहरुले पनि यो संकटको घडीमा ग्राहकहरुको घरघरमा खाना पुर्याएर सेवा पुराइरहेका छौं,” आचार्यले भने ।

होलि काउले हाल आफ्ना शाखाहरुबाट संकटमा परेका वृद्धवृद्धाहरुलाई खाना तथा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अनलाइन अर्डरमा २० प्रतिशत छुटको व्यवस्था गरेको पनि आचार्यले जानकारी दिए ।
सन २००६ मा सेवा शुरु गरेको होलि काउ समूहले नेपाली समुदायका कल्याणकारी गतिविधिहरुसँगै स्थानीय च्यारिटीहरुलाई पनि सहयोग गर्दै आएको छ ।
हाल एउटा फाइन डाइन सहित होलि काउका ९ ओटा ब्रान्च छन् ।
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?