लण्डन — बेलायतमा नेपाली व्यवसायीद्वारा संचालित होलि काउ समूहले आफ्नो ब्रान्च नजिकका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निशुल्क खाना वितरण गरेको छ ।
एनएचएसमा कार्यरत स्वास्थ्यकर्मीहरु कोरोनाबाट संक्रमित बिरामीहरुलाई सेवा पुराउन रात दिन खटिरहेका बेला होलिकाउले खाना खुवाएको हो ।
कोरोना महामारीको संकटमा वृद्ध-वृद्धा र आफ्ना डेढ दशकदेखिका ग्राहकहरुलाई तातो खाना पुर्याएर सेवा गर्नु आफ्नो कर्तव्य रहेका कारण स्टाफ र संचालकहरुले हालसम्म सबै ब्रान्च खुल्ला राखेर सेवा गरिरहेको होलि काउ समूहका अध्यक्ष कुल आचार्यले जानकारी दिए ।
“मानव सेवा नै सबै भन्दा ठूलो धर्म हो। त्यसैले एनएचएसका स्टाफ, प्रहरी, यातायात लगायतका अत्यावश्यक सेवा जस्तै हामीहरुले पनि यो संकटको घडीमा ग्राहकहरुको घरघरमा खाना पुर्याएर सेवा पुराइरहेका छौं,” आचार्यले भने ।

होलि काउले हाल आफ्ना शाखाहरुबाट संकटमा परेका वृद्धवृद्धाहरुलाई खाना तथा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा कार्यरत स्वास्थ्यकर्मीहरुलाई अनलाइन अर्डरमा २० प्रतिशत छुटको व्यवस्था गरेको पनि आचार्यले जानकारी दिए ।
सन २००६ मा सेवा शुरु गरेको होलि काउ समूहले नेपाली समुदायका कल्याणकारी गतिविधिहरुसँगै स्थानीय च्यारिटीहरुलाई पनि सहयोग गर्दै आएको छ ।
हाल एउटा फाइन डाइन सहित होलि काउका ९ ओटा ब्रान्च छन् ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा