लन्डन । ब्रिटिश आर्मीको रोयल गोर्खा राइफल्स्मा कार्यरत गोर्खाहरु लन्डनमा ४ हजार शैयाको अस्पताल निर्माणमा जुटेका छन् । ब्रिटेनको पहिलो एनएचएस नाइटिंगेल हस्पिटल निर्माणमा अन्य कामदारसंगै गोर्खाहरु खटिएका हुन् ।
नेपालमा महाभूकम्प जांदा पनि रोयल गोर्खा राइफल्स् स्कुल तथा सामुदायिक भवन निर्माणमा खटिएको थियो ।
आउंदो सातासम्म ५ सय शैया तयार भइसक्ने र यसलाई ४ हजार क्षमतासम्म बनाउने लक्ष्य छ ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण तीव्र फैलिएपछि सरकारले पूर्वी लन्डनको एउटा विशाल प्रदर्शनी कक्ष एक्सेल सेन्टरलाई अस्पतालमा परिणत गर्न लागेको हो । ८७ हजार ३ सय २८ स्क्वायर मिटर स्पेश भएको एक्सेल सेन्टरमा जि २० सम्मेलन, विभिन्न प्रदर्शनी र लन्डन २०१२ ओलम्पिक्स भएका थिए ।
बेलायतमा शनिबारसम्म कोभिड १९ बाट मर्नेको संख्या १०१९ पुगेको छ । शुक्रबार यो संख्या ७५९ रहेकामा एकैदिन २६० जनाले ज्यान गुमाएका हुन् ।
प्रधानमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री म्याट हयानककसहित १७ हजार ८९ जनामा संक्रमण देखिएको छ । बेलायत सरकारका प्रमुख चिकित्सा अधिकृत प्राध्यापक क्रिस हवीटीमा समेत लक्षण देखा परेको समाचारमा उल्लेख छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा