
लन्डन । कोरोना भाइरस (कोभिड १९) संक्रमणकै कारण बेलायतमा एकै परिवारको दुई जनाको निधन भएको छ ।
६१ बर्षिय पिता सुधिर शर्मा र तेत्तीस बर्षिय छोरी पूजाको कोरोना भाइरस संक्रमणकै कारण २४ घण्टाभित्रै दुवैको निधन भएको हो ।
गत बुधबार पिताको निधन भएको भोलीपल्ट विहीबार छोरीको कोरोना संक्रमणबाटै निधन भएको द सन पत्रिकाले जनाएको छ । सुधिर शर्मा हिथ्रो अन्तर्राष्ट्र्यि विमानस्थल टर्मिनल तीनमा अध्यागमन फ्रन्ट लाईनमा कार्यरत थिए । उनकी छोरी पूजा शर्मा फर्मासिस्ट थिइन ।
हजारौं व्यक्ती ओहोरदोहोर गर्ने अध्ययनगमन भन्दा बाहिर नै शर्मालाई कोरोना संक्रमण भएको दावी हिथ्रो विमानस्थल अध्यागमन कार्यालयले गरेको छ । केही स्वास्थ्य समस्या झेलिरहेका शर्मा गत ७ जनवरीमा अन्तिमपटक काम गरेपछि विदामा थिए ।
असल साथी गुमाएकोमा कर्मचारीहरुले दुख व्यक्त गरेका छन । कोरोना संक्रमणकै कारण अन्त्यष्टीमा कोही सहभागी हुन नपाएको पनि द सनले जनाएको छ । इस्टबोर्ने डिसट्रीक्ट जेनरल हस्पिटल इस्ट ससेक्समा कार्यरत पूजा तीन दिनदेखि अस्पतालमा थिइन । पिताबाट छोरीमा भाईरस सरेको ठम्याई डाक्टरको छ । पूजाका साथीहरुले सामाजिक संजालमा हार्दिक श्रद्धान्जलीको पोष्ट गरि संक्रमणबाट जोगिन सवैलाई अनुरोध गरेका थिए ।
बेलायतमा कोरोना संक्रमणबाट शुक्रबारसम्ममा सात सय ५९ जनाको ज्यान गैसकेको छ । शुक्रबारसम्ममा १४ हजार पाँच सय ७९ जनामा संक्रमण देखा परेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री म्याट हानककलगायत करीव आधा दर्जन बरिष्ठ राजनीतिज्ञलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
(यसअघि समाचारमा थप दुई नेपालीको कोरोनाबाट निधन भन्ने उल्लेख भएपनि नेपाली भएकोबारे आधिकारिक पुस्टि नभएकाले सच्याइएको छ । यसबाट पाठकलाई पर्न गएको भ्रमप्रति दु:खी छौं-सम्पादक)
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द