प्रवासी नेपाली एकता मंच यूकेद्वारा कोरोना भाइरसबाट जोगिन अपिल

लन्डन । प्रवासी नेपाली एकता मंच यूकेले कोरोना भाइरसबाट जोगिन अनुरोध गर्दै बेलायतस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई सहयोग गर्न आव्हान गरेको छ । विश्वभर कोराना भाइरस (कोभिड १९) का कारण मृत्यू हुनेको संख्या करीव १० हजार पुग्न लागि सकेकाले सचेत रहन एकता मंच यूकेले बेलायतस्थित नेपाली समुदायलाई आग्रह गरेको हो ।

मंचले दुई दिनअघि कोरोना भाइरसका कारण मृत्यू भएका पुर्वगोर्खा सैनिक लिलावहादुर राईको निधनप्रति श्रद्धान्जली व्यक्त समेत गरेको छ । प्रवासी नेपाली एकता मंच यूकेका अध्यक्ष राजेन्द्र पुडासैनी र सचिव सुरेश गौतमले संयुक्त रुपमा सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा लन्डनस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले सकेको सहयोग गर्न समेत गैरआवासी नेपालीलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री