लण्डन । नेपाली राजदूतावास लण्डनले आयरल्याण्ड र माल्टामा पनि कोराना प्रकोप सम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति गठन गरेको छ ।
आयरल्याण्ड र माल्टामा कोरोना भाइरसको संक्रमण फैलिरहेको सन्दर्भमा आयरल्याण्ड र माल्टामा रहेका नेपालीमाझ सूचना आदानप्रदान, आवश्यक सहयोग र समन्वय कायम गर्न राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति गठन गरिएको हो ।
नामावली यस प्रकार छ:
आयरल्याण्ड: शुक्रराज न्यौपाने, मिलन छन्त्याल, दीपेशमान शाक्य, गणेश प्रसाई, राजन काफ्ले, नवराज कोइराला, शुकमान तामाङ, जीवन तिमिल्सिना, चन्द्रकला निरौला, अवैद्यपाणी गौतम, सुश्री दिपा राई, वालकृष्ण श्रेष्ठ, मेख गुरुङ, प्रकाश श्रेष्ठ, ज्ञानसिंह पुन, करुणा थापा, हरिनारायण शाह, सगुन श्रेष्ठ, वावुकाजी ओली, भीम गौतम, लोक त्रिपाठी, लक्ष्मी पौडेल, राजकुमार महत, विनोद कार्की, कृष्णकुमार डंगोल, शारदा प्याट्रिकयू, राज थापा र रामनारायण पौडेल र सदस्य-सचिव उपनियोग प्रमुख शरदराज आरण छन् ।
माल्टा: सोम सापकोटा, राजु अर्याल, तेजबहादुर लिम्वु, तेजबहादुर केसी, सन्देश केसी, सुदिन पोखरेल, प्रकाश भण्डारी, रोशन गिरी, दिनानाथ भट्टराई, कृष्ण भण्डारी, सरिता राई, सुश्मा राई, शंकर गुरुङ, शिवनारायण राय, महेश्वर श्रेष्ठ, मनित सेढाई र सदस्य-सचिव उपनियोग प्रमुख शरदराज आरण ।
सबैले एक अर्कामा समन्वय गरी कोरोना भाइरसको प्रकोपले पीडित नेपालीहरुलाई सूचना आदानप्रदान, सुझाव र सहयोग प्रदान गरिदिन दूताबासले अनुरोध गरेको छ । साथै यस समितिमा आवश्यकता र सम्बन्धित व्यक्तिको स्वयंसेवा गर्ने चाहना बमोजिम सदस्यहरु थप गर्न सकिने जनाइएको छ ।
समितिमा आवद्ध र आयरल्याण्ड र माल्टामा रहेका समस्त दाजुभाई तथा दिदीबहिनीहरुको अमूल्य सहयोग र सुझावबाट कोरोना प्रकोपबाट पीडित हुने र हुनसक्ने नेपालीहरुलाई सहयोग पुग्ने आशा र विश्वास दूताबासको छ । आफूले गरेको सहयोग र सुझाव तथा कोरोना प्रकोपबाट पीडित व्यक्तिहरुको विवरण, सम्पर्क नम्बर राजदूतावासको इमेल- [email protected] मा उपलव्ध गराइदिन समेत दूताबासले अनुरोध गरेको छ ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता