लन्डन । अहिले विश्वमा कोरोना भाइरसले आतंक मच्चाइरहेका बेला हामी बेलायतबासी नेपाली पनि यसबाट अछुतो छैनौं । हामी सबैको मनमा डर, त्रास छ भने कतिपय त यसबाट संक्रमित पनि भयौं होला ।
नेपालबाट उच्च शिक्षा हासिल गर्न बेलायत आएका विद्यार्थीहरू अहिले कोरोनाको चपेटामा परेका छन् । हालसम्म मैले देखेमध्ये हामी सम्पूर्ण विदेशिएका विदेशी नेपालीहरू ९९ प्रतिशत मध्यमवर्गीय नैं छौं ।
हिजो तपाईं हामी पनि त्यही चरण पार गरि आएका हौं । आफ्नो अतीतलाई कहिलै नर्बिसौं । हिजोका दिनमा कतिपयका त्यही विद्यार्थी आयश्रोत बनेका थिए भने कति तिनका रगत, पसिना चुस्ने ब्वांसो बने ।
कुरा आयो नेपालबाट आउंदा देखाएको बैंक ब्यालेन्स । यदि तपाईं हामी यहां नभएर नेपालमैं भएको भए, जसरी बिदेशिएका आम विद्यार्थीले गरेका छन् त्यसरी नैं गरिन्थ्यो। हामी बेलायती नेपालीको छोराछोरीहरूले उच्च शिक्षा लिंदा ९५ देखि ९९ प्रतिशत स्टुडेन्ट लोन मै पढ्छौं । फरक यति हो, यहांका विद्यार्थीलाई सरकारले ऋण दिन्छ, नेपालबाट आएकाले आफैं कमाएर तिर्छन् । त्यसैले नेपालबाट पढन आएका विद्यार्थीलाई घृणा होइन, सकिन्छ सहयोग गरौं सकिंदैन हौसला दिउं ।
बेलायतमा ३०० भन्दा बढी संघसंगठन छन् भनिन्छ । तर, विद्यार्थीप्रति कसैको पनि धेरै अग्रसरता देख्दिन म । नेपालीको छाता संगठन कसलाई भन्नु विद्यार्थी कुनै संगठनमा अटाउंदैन् । बिचरा दुःख पाएका विद्यार्थी कत्रो आशमा हुन्छन् तर के गर्ने छहारी बिनाको रूख जस्तै हुन्छन् उनीहरु । बेलायतका कथित नेपाली समाजसेवीहरु आफ्नो भाषण र फेसबुकका भित्ताहरूमा भन्छन् यो र त्यो गर्छु । तर, ब्यवहारमा भने कमैले मात्रामा भलाइका काम गरेका छन् । खोक्रो समाजसेवी हुन सबैलाई मन लाग्छ, वास्तविकमा सहयोग गर्ने धेरै कम हुन्छन् ।
दुःख पर्दा सकिन्छ सबैलाई सहयोग गरौं । भोलि कसले देखेको छ र पालो तपाईं हाम्रो पनि आउन सक्छ । मैले यहां को १२ वर्षको भोगाई र देखेको कुरा शब्दमा उतारेको मात्र हो । यदि कसैलाई व्यक्तिगत रुपमा ठेस पुगेमा क्षमा चाहन्छु ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा