लन्डन । कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वमा उत्पन्न असहस परिस्थितिलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) र सम्पूर्ण मुलुकहरुमा रहेका राष्ट्रिय समन्वय परिषद (एनसिसी) बीच आज २१ मार्च २०२० शनिबार आपतकालिन बैठक सम्पन्न भएको छ ।
बैठकले निम्न निर्णयहरु गरेको छः
१) नेपाल सरकारले विभिन्न देशमा रहेका बैदेशिक नियोग तथा दूतावासहरुका लागि कोरोना भाइरस सम्बन्धी जारी गरेको निर्देशन कतिपय दूतावास तथा नियोगहरुमा नपुगेको र सोही अनुसार नेपाली समुदायमा सूचना प्रवाह नभएको भन्ने जानकारी भए अनुसार सम्बन्धित देशका एनसीसीहरुलाई दूतावास तथा नियोगहरुसँग समन्वय तथा सहकार्य गरी समस्या सामाधानमा हातेमालो गर्ने र आवश्यक सहयोग उपलब्ध गर्न गराउन निर्देशन जारी गरेको छ ।
२) यस असहज परिस्थितिमा सहजीकरण तथा समन्वय गर्न हरेक एनसीसीहरुमा एक जना ‘कोअर्डिनेटर’ को ब्यवस्था गर्ने । कोर्डिनेटर मार्फत सम्बन्धित देशमा उत्पन्न सामाजिक, आर्थिक र आम नेपाली समुदायको स्वास्थ्य अवस्थाको बस्तुगत मुल्याङ्कन गरी आइसिसी अन्तर्गत रहेको उच्च स्तरीय ‘हेल्थ कमिटी’ लाई जानकारी गराउने ।
३) आइसीसी अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्च स्तरीय ’हेल्थ कमिटी’ मार्फत सम्बन्धित देशहरुका एनसिसीको समान्वयमा विश्वका बिभिन्न क्षेत्रमा समयनुकुल सुविधालाई मध्यनजर गरी अनलाइन स्वास्थ्य जनचेतना कार्यक्रम सञ्चालन गर्ने ।
४) कोरोना भाइरसको प्रकोपले गर्दा विभिन्न देशहरुले तत्काललाई आवगमन तथा भिसा प्रदान गर्न बन्द गरेको छ । यस असहज परिस्थितिमा विभिन्न देशहरुमा भिजिट भिसा, अध्ययन भिसा तथा बैदेशिक रोजगारीको भिसामा गएका नेपालीहरु बृहत सूचनाको अभावले समस्यामा परेको भन्ने जानकारी प्राप्त भएको हुँदा सम्बन्धित देशका नियोगहरुसँग समन्वय गरी एनसिसीमार्फत प्रभावित नेपालीहरुलाई सहयोग तथा राहत उपलब्ध गर्न गराउन एनसिसीहरुलाई निर्देशन जारी गरिएको छ ।
५) अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्च स्तरीय ’हेल्थ कमिटी’ ले कोरोना भाइरसले उत्पन्न सामाजिक, आर्थिक र स्वास्थ्य स्थितिको असर तथा प्रभावबारे अध्ययन गर्न हरेक एनसिसीहरुसँग मिलेर रणनैतिक कार्ययोजना तयार गर्ने ।
६) कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्ने ।
७) आइसिसी अन्तर्गत गठित विभिन्न समितिहरुले गरेका काम कारबाही तथा निर्णयहरुलाई एक द्वार प्रणाली अनुसार मिडिया एण्ड पब्लिकेशन समितिमार्फत प्रकाशन तथा प्रसारण गर्ने गराउने । सबै क्षेत्र र देशका एनसिसीहरुलाई आफ्ना काम कारबाही समितिलाई जानकारी गराउन निर्देशन जारी गरिएको छ ।
डिबी क्षेत्री
प्रवक्ता, अन्तर्राष्ट्रिय समन्वय परिषद
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल