
लण्डन – गैर आवासीय नेपाली संघका निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्यले सबै गैर आवासीय नेपालीहरुलाई विश्वव्यापी कोरोना संक्रमणको यो घडीमा एक आपसमा सहयोगको हात बढाउन आह्वान गरेका छन् । आफ्नो फेसबुक पेजमा एक पोस्ट गर्दै आचार्यले बेलायतमा भूपू गोर्खा वृद्धवृद्धाहरु उच्च जोखिममा रहेको र भाषाको समस्या पनि भोगी रहको जनाए ।
उनले इटालीमा लक डाउनका कारण अत्यावश्यक सामग्रीहरुको अभाव भएको समाचारहरु आइरहेको र यस्तो बेला आफ्ना छरछिमेकीहरुको हालखबर बुझ्नु, बालबालिका र वृद्धवृद्धालाई सक्दो सहयोग र सुझाव सल्लाह दिनु हामी सबैको कर्तव्य भएको बताए। “यो पुण्यकर्म पनि हो,” आचार्यले भनेका छन्। उनले सबै मुलुकहरुमा रहेका एनआरएन मित्रहरु तथा नेपाली संघसंस्थाहरुलाई आपत्कालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय रहन अनुरोध पनि गरेका छन् ।
आचार्यले नेपाल सरकारले गत साता जारी गरेको सूचनामा ‘एक साता अगाडी स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र त्रिभुवन विमानस्थलमा पेश गर्नु पर्ने’ प्रावधान अव्यावहारिक रहेको बताउंदै सो निर्णयबारे तत्काल पुनर्विचार गर्न आग्रह पनि गरेका छन् ।
आचार्यको अपील जस्ताको तस्तै:
‘नेपालीकालागि नेपाली’
साथीहरु, नमस्कार। कोरोना भाइरस संक्रमणको खतराले संसारभरि रहेका नेपालीहरुलाई प्रभावित पारेको छ। यहां बेलायतमा भूपू गोर्खा वृद्धवृद्धाहरु उच्च जोखिममा हुनुहुन्छ भने भाषाको समस्या पनि भोगी रहनु भएको छ। इटालीमा लक डाउनका कारण अत्यावश्यक सामग्रीहरुको अभाव भएको समाचारहरु आइरहेका छन्। यस्तो बेला आफ्ना छरछिमेकीहरुको हालखबर बुझ्नु, बालबालिका र वृद्धवृद्धालाई सक्दो सहयोग र सुझाव सल्लाह दिनु हामी सबैको कर्तव्य हो। पुण्यकर्म पनि हो। त्यसैले सबै मुलुकहरुमा रहेका एनआरएन मित्रहरु तथा नेपाली संघसंस्थाहरुलाई आपत्कालीन टोली, हटलाइन आदि स्थापना गरी तत्काल सक्रिय हुन म अनुरोध गर्दछु। विश्वको कुनै पनि मुलुकमा रहेका नेपालीहरुलाई कुनै पनि समस्या परे सम्बन्धित मुलुकहरुमा रहेका नेपाली दूतावासहरुसंग समन्वय गर्नु हुन र केहि समस्या भए इनबक्स गर्नु हुन पनि म अनुरोध गर्दछु। कोरोना भाइरस संक्रमण रोक्न र अनावश्यक भ्रमण नगर्न हामी सबै सचेत रहौं ।
यसै सन्दर्भमा नेपाल सरकारले गत साता जारी गरेको सूचनामा ‘एक साता अगाडी स्वास्थ्य परीक्षण गरेको प्रमाणपत्र त्रिभुवन विमानस्थलमा पेश गर्नु पर्ने’ प्रावधान अव्यावहारिक छ । नेपाल र नेपालीको अहित हुने काम हामी सपनामा पनि सोच्न सक्दैनौं। कोरोना संक्रमण रोक्न आआफ्नो तर्फबाट सक्दो योगदान गर्न सबै गैर आवासीय नेपालीहरु तत्पर छन्। तर कोरोनाको नाममा नेपाल भ्रमण रोक्न खोज्नु दुखद छ। नेपाल सरकारलाई यो निर्णयबारे तत्काल पुनर्विचार गर्न पनि म आग्रह गर्दछु ।
कुल आचार्य
१५ मार्च २०२०, लण्डन
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा