लन्डन । नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेको दशौं वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रम स्थगित भएको छ ।
बेलायतसहित विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै कम्युनिटीले निर्धारित कार्यक्रम स्थगित गरेको हो । कम्युनिटीले यही मार्च २२ तारिख आइतबार लन्डन ग्रीनफोर्ड टाउन हलमा ‘समर्पण सांझ २०२०’ गर्ने घोषणा गरेको थियो । दशौं वार्षिकोत्सवका साथै सुर्खेतको सिम्ता गाउंपालिका ६ मा अवस्थित श्री बागेश्वरी माध्यमिक विद्यालयमा रहेका अपांग बालबालिकाको आवास निर्माणमा सहयोग जुटाउने कार्यक्रमको उद्देश्य थियो ।
कम्युनिटीका संयोजक मिलन घिमिरे र सचिव चुरामणी रेग्मीले एक विज्ञप्ति जारी गर्दै असाधारण परिस्थितिमा गर्नुपरेको यस निर्णयलाई सहज रुपमा बुझिदिन आग्रह गरेका छन् । परिस्थिति सहज हुने बित्तिकै कार्यक्रम गरिने संस्थाले जनाएको छ ।
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?