लण्डन । नेपाल उत्पीडित जातीय समाज (नोप्स) युरोप (युके शाखा) ले आउँदो २१ मार्च २०२० का दिन अल्डरसटको दि प्यालेस रेष्टुरेण्टमा आयोजना गर्न लागेको ५५ औं अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद दिवस (मार्च २१) कार्यक्रम स्थगित गरेको छ । गत १४ मार्च २०२० मा अल्डरसटमा बसेको समाजको बैठकले उक्त कार्यक्रम स्थगित गरेको हो ।
अहिले विश्वभर फैलिएको नोवल कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा उक्त कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको जनाउंदै उक्त निर्णयबाट पर्न गएको असुविधाप्रति कार्यक्रम संयोजक एवं नोप्स युरोपका उपाध्यक्ष धनबहादुर सार्कीले क्षमायाचना गरेका छन् ।
बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमका लागि नेपालका वरिष्ठ लेखक, दलित तथा जनजाति ज्ञाता, राजनैतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती) समेतलाई बिशेष निमन्त्रणा गरी कार्यक्रमको भव्य तयारी भैरहेको अवस्थामा कार्यक्रम स्थगित गरिएको संयोजक सार्कीले जानकारी दिए ।
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?