लण्डन । नेपाली साहित्य विकास परिषद यूकेले विश्वभर फैलँदो कोरोना भाइरसका कारण केही समयका लागि आफ्ना सम्पूर्ण बैठक र साहित्यिक कार्यक्रम स्थगित गरेको छ ।
परिषद् सचिवालयले जनाए अनुसार, आगामी १९ अप्रिल आइतबार तय गरिएको नेपाली नयाँ वर्ष २०७७ को सुखद आगमनका अवसरमा हुने साहित्य सन्ध्या र गत वर्ष घोषणा गरिएको नेपाली साहित्य पुरस्कार पदक सुशोभन कार्यक्रम हाल स्थगन गरिएको छ । ति कार्यक्रम परिस्थिति हेरेर पछि पुन: गरिने परिषदले जनाएको छ ।
परिषद्ले स्थापनाकाल सन् १९९५ देखि नै नेपाली नयाँ वर्षलाई साहित्य सन्ध्या र पुरस्कार सुशोभन गरेर साहित्यिक रमझमका साथ निरन्तर मनाउँदै आएको छ । परिषदमा एनएलडीसी गोल्ड मेडल पुरस्कार प्रथम र द्वितिय, नेपाली साहित्य पदक पुरस्कार, विशिष्ट साहित्य सम्मान पदक पुरस्कार, अभिन्नदन सम्मान पुरस्कार र साहित्य सम्मान पदक पुरस्कार गरी ६ थरीका पुरस्कार कोष स्थापित छन् ।
यस वर्ष रेडियो सञ्चारका क्षेत्रबाट नेपाली साहित्यको अभिवृद्धिमा योगदान पुरयाए बापत बीएफबीएस गोर्खा रेडियोका कार्यक्रम सञ्चालक योगराज राई र विशिष्ट साहित्यिक कृतिहरूलाई अडियो पुस्तककारुपमा प्रकाशन गरेर नेपाली साहित्यको अभिवृद्धि गरे बापत खगेन्द्र नेपाली नेपाली साहित्य पुरस्कार पदकबाट सुशोभित तथा सम्मानित हुने छन् । पाँच तोला चाँदी र स्वर्ण अक्षरमा निर्मित नेपाली साहित्य पुरस्कार पदक नगद लिन चाहेमा नेपाली रुपियाँ २० हजार एक पाइने छ ।
सो कोषको स्थापना परिषद्का वर्तमान अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्ल र पूर्व कार्यकारिणी सदस्य कोहिनूर श्रेष्ठ मल्लले आ-आफ्ना बाबु आमाका नाममा सन् २०११ मा गरेका हुन् । पुरस्कार सम्मान समितिको मुल्याङ्कन र सिफारिसमा हरेक वर्ष प्रदान गर्ने गरिएको छ ।
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा