लण्डन । सयपत्री नेपाली साँस्कृतिक समूह युकेको चौथो अधिवेशनले पुन: डम्बर सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति (२०२० –२०२२) चयन गरेको छ । उपाध्यक्षमा दिपक शाही, महासचिव गौरब क्षत्री, सचिब डा. दीपक जिसी, कोषाध्यक्ष सुश्री अभिशा गुरुङ, सह-कोषाध्यक्ष सुश्री गीता केसी र सदस्यहरुमा दिनेश अर्याल, श्रीमती बन्दना खत्री, राजेन्द्र बुढाथोकी, शिव कंडेल र बिबेक बोहोरा चयन भएका छन् ।
सो आधिवेशनमा निर्वाचन मन्डलको भूमिकामा संयोजक राजकुमार सुनार र सदस्यहरुमा राजेन्द्र क्षत्री र नवराज घले थिए ।
सोही अधिवेशनमा राजेन्द्र क्षत्री, राजकुमार सुनार, बुद्दि गुरुङ, श्रीमती आशा राई, शिवजी श्रेष्ठ, खिम खत्री, पदमा गुरुङ, अमृत गुरुङ, बाम गुरुङ, मनोज अन्जान र शशी गुरुङलाई सल्लाहकार मनोनित गरिएको छ ।
गत ७ मार्च २०२० मा वकिङ मेबरी सेन्टरमा भएको अधिवेशनमा महासचिव क्षत्री र कोषाध्यक्ष डा. दीपक जिसीद्वारा प्रस्तुत द्विबार्षिक संस्थागत र आर्थिक प्रतिवेदन माथि टिप्पणी गर्दै सल्लाहकारद्वय नवराज घले र राजकुमार सुनारले सयपत्रीले युकेमा उदाहरणिय कार्य गरेको र यसको आर्थिक पारदर्शीतामा कुनै खोट नरहेको बताए ।
सयपत्री नेपाली साँस्कृतिक समूह युकेले बिगत १४ बर्षदेखि बेलायतमा नेपाली कला सँस्कृतिको संरक्षण र संबर्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यमा लागिपरेको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ