लण्डन । सयपत्री नेपाली साँस्कृतिक समूह युकेको चौथो अधिवेशनले पुन: डम्बर सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति (२०२० –२०२२) चयन गरेको छ । उपाध्यक्षमा दिपक शाही, महासचिव गौरब क्षत्री, सचिब डा. दीपक जिसी, कोषाध्यक्ष सुश्री अभिशा गुरुङ, सह-कोषाध्यक्ष सुश्री गीता केसी र सदस्यहरुमा दिनेश अर्याल, श्रीमती बन्दना खत्री, राजेन्द्र बुढाथोकी, शिव कंडेल र बिबेक बोहोरा चयन भएका छन् ।
सो आधिवेशनमा निर्वाचन मन्डलको भूमिकामा संयोजक राजकुमार सुनार र सदस्यहरुमा राजेन्द्र क्षत्री र नवराज घले थिए ।
सोही अधिवेशनमा राजेन्द्र क्षत्री, राजकुमार सुनार, बुद्दि गुरुङ, श्रीमती आशा राई, शिवजी श्रेष्ठ, खिम खत्री, पदमा गुरुङ, अमृत गुरुङ, बाम गुरुङ, मनोज अन्जान र शशी गुरुङलाई सल्लाहकार मनोनित गरिएको छ ।
गत ७ मार्च २०२० मा वकिङ मेबरी सेन्टरमा भएको अधिवेशनमा महासचिव क्षत्री र कोषाध्यक्ष डा. दीपक जिसीद्वारा प्रस्तुत द्विबार्षिक संस्थागत र आर्थिक प्रतिवेदन माथि टिप्पणी गर्दै सल्लाहकारद्वय नवराज घले र राजकुमार सुनारले सयपत्रीले युकेमा उदाहरणिय कार्य गरेको र यसको आर्थिक पारदर्शीतामा कुनै खोट नरहेको बताए ।
सयपत्री नेपाली साँस्कृतिक समूह युकेले बिगत १४ बर्षदेखि बेलायतमा नेपाली कला सँस्कृतिको संरक्षण र संबर्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने कार्यमा लागिपरेको छ ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ