लन्डन । कलाकार उपचार कोषका लागि बेलायतका एक समाजसेवी दम्पतिले आर्थिक सहयोग गरेका छन् । लमजुङ सुन्दरबजार नगरपालिका-९, भोटओडार स्थायी घर भइ हाल बेलायत बस्दै आएका राजशान्ति राजकुमार सुनार (राजु) र श्रीमति शान्ति सुनारको जोडीले कोषका लागि रु ५१, १२१ प्रदान गरेका हुन् ।
समाजसेवी राजकुमार एक गीतकार पनि हुन् । उनी छिट्टै बजारमा नयां गीत ल्याउने तयारीमा छन् ।
उक्त कोषका लागि ‘साहित्य, संगीत तथा कलाको उत्थान र सष्ट्रा सम्मान’ भन्ने नाराका साथ सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान पोखराले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सन्दर्भमा प्रसिद्व गीतकार सुमन श्रापितद्वारा रचनावद्व गीतको प्रस्तुति ‘सुमन श्रापित एकल सांगीतिक सांझ २०७६’ यही फागुन ३० गते शुक्रबार हुंदैछ ।
राजशान्ति सुनारको जोडीले यसअघि पनि विभिन्न कालखण्डमा आफ्नो गाउंघर र मातृभूमिलाई सहयोग गर्दै आएका छन् । धर्म, कर्म र कर्तव्यमा ठूलो विश्वास राख्ने यो जोडी भन्छन् ‘जीवनमा सकेसम्म राम्रो काम गर्ने कोशिस गर्नुहोस् । यदि कसैलाई राम्रो गर्न सकिएन भने नराम्रो कहिल्यै नगर्नुहोस् ।’
अरुको दुःख, समस्या आफ्नो सोचेर साथ दियो भने भगवानले पनि आफूलाई दुःखमा साथ दिने मान्यता राख्छन् राजकुमार । ‘कसैले दुःख वा समस्याका बेला साथ माग्यो भने खाली हात र निरास नबनाउनु होला, केवल केही दिन कोशिस गर्नुहोस्’, उनी भन्छन् ।
कसैको दुखेको आत्मालाई हंसाउन सकिए भगवान पनि खुशी हुनुहुन्छ भन्ने आफ्नो आमाबाबुको प्रेरणाबाट प्रभावित भएको उनले बताए ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ