लन्डन । ‘पशुपतिप्रसाद’ र ‘धनपति’ जस्ता उत्कृष्ट फिल्म बनाएर चर्चा बटुलेका निर्देशक दीपेन्द्र के खनालको नयां चलचित्र ‘आमा’ यतिखेर नेपालमा दोश्रो हप्तामा प्रदर्शन भइरहेको छ ।
‘आमा’ मा खनालको निर्देशकीय शिल्प अझ निखारिएको विश्लेषकहरुले बताइरहेका छन् । वैचारिक र सामाजिक चित्रणमा पनि उक्त फिल्म अगाडि छ ।
संवेदनशील विषयलाई रचनात्मक शैलीमा बनाइएको ‘आमा’ बेलायतमा समेत प्रदर्शन हुने भएको छ । आमा यही २२ मार्च अपरान्ह एम्पायर हल अल्डरसट र २९ मार्च सांझ साउथ हयारोस्थित हयारो बरो फुटबल क्लबमा प्रदर्शन गरिने भएको हो ।
आमामा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला आदि कलाकारहरुको प्रमुख भूमिका छ ।
उक्त फिल्म यूकेमा प्रदर्शन गर्ने जिम्मा के के फिल्मस् एण्ड मिडियाका निर्देशक एवं सञ्चारकर्मी कुशल श्रेष्ठले पाएका हुन् । आफू पनि यही क्षेत्रमा भएकाले स्तरिय चलचित्र विदेशमा प्रवर्धन गर्न र आमा जस्तो उत्कृष्ट चलचित्र हरेक नेपालीले हेरुन् भन्ने सामाजिक दायित्व सम्झेर यस फिल्म प्रदर्शनको जिम्मा लिएको कुशलले बताए ।
श्रेष्ठले यसअघि बेलायतमा अनमोल केसीको डेब्यू चलचित्र ‘होस्टेल’, आर्यन सिग्देलको ‘के म तिम्रो साथी बन्न सक्छु’, नम्रता श्रेष्ठको ‘मौन’, ‘झोले’ लगायत आधा दर्जन चलचित्र सफलतापूर्वक देखाइसकेका छन् । उनले ति चलचित्र प्रदर्शनबाट संकलित रकम विपन्न चेपांग समुदायका विद्यार्थी एवं ‘आमाको घर’ वृद्धाश्रमलाई प्रदान गरेका थिए ।
२९ मार्चमा हयारो बरो फुटबल क्लबमा हुने प्रदर्शन मगर महिला संघ वेम्ली शाखाको आयोजनामा हुनेछ भने संयोजन रस्मिता दर्लामीले गरेकी छन् । अल्डरसट शो रिता क्षेत्री र रोमियन लिम्बुले संयोजन गर्दैछन् ।
फिल्म लन्डनको प्लमस्टेड, रेडिंग लगायत अन्य शहरमा पनि देखाउने तयारी छ ।
रोजीहिरा फाउण्डेशन, इनास ग्लोवल, बुद्ध फाउण्डेशन यूके, क्याट यूके, नेपाली भाषा तथा सांस्कृतिक केन्द्र बन्र्टओक जस्ता संस्थाले चलचित्र प्रवर्धनका लागि सहयोग गरेका छन् ।
‘फिल्म रिभ्यू’ पनि हेरौं
https://www.facebook.com/watch/?v=2870978419795798
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?