कोरोनाको रिक्समा धकेल्ने ५ मार्चको कार्यक्रम बन्द गरौं : उपाध्यक्ष, एनआरएन युके

mohan karki
विश्वमा फैलिरहेको कोरोना भाइरस हाम्रै घर दैलोमा काल बनेर आइरहेको छ । बेलायत युरोपको प्रमुख संकटग्रस्त मुलुक भएकोले यसको नियन्त्रणका लागि सरकारले आजै बिहान कोब्रा मिटिङ्ग गरिसकेको छ । कोब्रा मिटिङ्ग बेलायतले राष्ट्रिय संकटको सम्बोधनका लागि मात्र आयोजना गर्ने उच्च स्तरिय मिटिङ हो । यसको अर्थ कोरोना भाइरस यतिबेला बेलायतको राष्ट्रिय संकटको विषय हो । सरकारले कोरोनाको रोकथामका लागि कठोर सर्तकता अपनाउने संकेत गरेको छ ।

सरकार तथा स्वास्थ्य सम्वन्धी विभिन्न एजेन्सीले मानिसहरुको भेला आदिलाई निरुत्साहित गरिरहेका छन् । अत्यावस्यक अवस्थामा बाहेक यात्रा नगर्न सल्लाह दिइरहेका छन् । तर ठिक यही समयमा गैर आवासीय नेपाली संघ भने एउटा विवादास्पद कार्यक्रमका लागि बेलायतका विभिन्न कुनाकाप्चाबाट नेपालीहरुलाई बोलाईरहेको छ । गैर आवासीय नेपाली संघ बेलायतको आवहानमा अल्डरसट आउने यात्रु भाइरस संक्रमित ब्याक्तिहरु तथा चाइनिज, जापानिज, कोरियन, इटालियन जर्मन लगायतका यात्रीसंग सार्वजनिक यातायातमा यात्रा गरि आउनु पर्ने हुन्छ । जसका कारण हामी संक्रमण फैलाउने बाहक बन्दै हाम्रो समुदायलाई खतरामा पार्न खोज्दैछौ । हामीले हाम्रो स्वार्थ जोडिएको एउटा विवादास्पद कार्यक्रमका लागि नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई जिबनकै जोखिम मोल्न भनिरहका छौ । के यो ठिक हो ? विभिन्न समुदाय, संस्थाहरुले भटाभट जमघटहरु रद्ध गरिरहेको बेला हाम्रो संस्थाले भने यसलाई जिवन मरणको सवाल बनाएको छ । हामीले दशौ स्थापना दिवस मनाएनौ, बाह्रै स्थापना दिवस मनाएनौ केही विग्रीएन तर अहिले विश्वब्यापी संकटका बेला हाम्रा आफ्नै दाजुभाईलाइ मृत्यु खतरातर्फ धकेल्दै सम्मान र खादा माला किन गर्नु पर्यो ? जनस्वास्थ्य वा मानव जिवनको नै खतरा मोलेर कसैलाई खादामालाका लागि मात्र यो धुमधाम गर्न पटक्कै जरुरी छैन । कृपया यस्लाई बन्द गरौं ।

एनआरएन युके आर्थिक अपारदर्शिता तथा घोटाला आदि समाचारका कारण बदनाम भएको छ । के हामीले ति विषयहरुलाई दवाएर खादामाला मात्र लगाउदा हाम्रा गलामा खादा मालाले कति शोभा देला ? एनआरएनए युके खादामाला र सम्मानमा समय विताएको भनेर बदनाम भएको छ । हामीले पुराना र नया एनआरएनका अग्रज तथा अभियान्ताहरु र थप १६५ जनालाइ कथित सल्लाहकार समेत स्वधोषणा गरी तिनीहरुको अनुमोदन समेत नगरी फेरी सम्मान गर्ने कार्य गरेर के गर्न खोजिएको हो ? के एनआरएनए लाई खादामाला संघ बनाउन खोजिएको हो ? संस्थालाई विभाजित गरेर, आर्थिक अपारदर्शिता घोटाला लगायतलाई दवाएर, कार्यसमितिका जिम्मेवार ब्याक्तिहरु तथा एनआरएन युकेको स्थापनाकालदेखि कार्य गरेका विशिष्ट ब्याक्तिहरुलाई वाइपास गरेर, आम नेपालीहरुलाई कोरोनाको रिक्समा धकेल्ने गरि ५ मार्चको कार्यक्रमको बेमौसमी बाजा बन्द गरौं । धन्यवाद

मोहन कार्की,

उपाध्यक्ष एनआरएन युके

प्रतिक्रिया

सम्बन्धित सामाग्री