
विश्वमा फैलिरहेको कोरोना भाइरस हाम्रै घर दैलोमा काल बनेर आइरहेको छ । बेलायत युरोपको प्रमुख संकटग्रस्त मुलुक भएकोले यसको नियन्त्रणका लागि सरकारले आजै बिहान कोब्रा मिटिङ्ग गरिसकेको छ । कोब्रा मिटिङ्ग बेलायतले राष्ट्रिय संकटको सम्बोधनका लागि मात्र आयोजना गर्ने उच्च स्तरिय मिटिङ हो । यसको अर्थ कोरोना भाइरस यतिबेला बेलायतको राष्ट्रिय संकटको विषय हो । सरकारले कोरोनाको रोकथामका लागि कठोर सर्तकता अपनाउने संकेत गरेको छ ।
सरकार तथा स्वास्थ्य सम्वन्धी विभिन्न एजेन्सीले मानिसहरुको भेला आदिलाई निरुत्साहित गरिरहेका छन् । अत्यावस्यक अवस्थामा बाहेक यात्रा नगर्न सल्लाह दिइरहेका छन् । तर ठिक यही समयमा गैर आवासीय नेपाली संघ भने एउटा विवादास्पद कार्यक्रमका लागि बेलायतका विभिन्न कुनाकाप्चाबाट नेपालीहरुलाई बोलाईरहेको छ । गैर आवासीय नेपाली संघ बेलायतको आवहानमा अल्डरसट आउने यात्रु भाइरस संक्रमित ब्याक्तिहरु तथा चाइनिज, जापानिज, कोरियन, इटालियन जर्मन लगायतका यात्रीसंग सार्वजनिक यातायातमा यात्रा गरि आउनु पर्ने हुन्छ । जसका कारण हामी संक्रमण फैलाउने बाहक बन्दै हाम्रो समुदायलाई खतरामा पार्न खोज्दैछौ । हामीले हाम्रो स्वार्थ जोडिएको एउटा विवादास्पद कार्यक्रमका लागि नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई जिबनकै जोखिम मोल्न भनिरहका छौ । के यो ठिक हो ? विभिन्न समुदाय, संस्थाहरुले भटाभट जमघटहरु रद्ध गरिरहेको बेला हाम्रो संस्थाले भने यसलाई जिवन मरणको सवाल बनाएको छ । हामीले दशौ स्थापना दिवस मनाएनौ, बाह्रै स्थापना दिवस मनाएनौ केही विग्रीएन तर अहिले विश्वब्यापी संकटका बेला हाम्रा आफ्नै दाजुभाईलाइ मृत्यु खतरातर्फ धकेल्दै सम्मान र खादा माला किन गर्नु पर्यो ? जनस्वास्थ्य वा मानव जिवनको नै खतरा मोलेर कसैलाई खादामालाका लागि मात्र यो धुमधाम गर्न पटक्कै जरुरी छैन । कृपया यस्लाई बन्द गरौं ।
एनआरएन युके आर्थिक अपारदर्शिता तथा घोटाला आदि समाचारका कारण बदनाम भएको छ । के हामीले ति विषयहरुलाई दवाएर खादामाला मात्र लगाउदा हाम्रा गलामा खादा मालाले कति शोभा देला ? एनआरएनए युके खादामाला र सम्मानमा समय विताएको भनेर बदनाम भएको छ । हामीले पुराना र नया एनआरएनका अग्रज तथा अभियान्ताहरु र थप १६५ जनालाइ कथित सल्लाहकार समेत स्वधोषणा गरी तिनीहरुको अनुमोदन समेत नगरी फेरी सम्मान गर्ने कार्य गरेर के गर्न खोजिएको हो ? के एनआरएनए लाई खादामाला संघ बनाउन खोजिएको हो ? संस्थालाई विभाजित गरेर, आर्थिक अपारदर्शिता घोटाला लगायतलाई दवाएर, कार्यसमितिका जिम्मेवार ब्याक्तिहरु तथा एनआरएन युकेको स्थापनाकालदेखि कार्य गरेका विशिष्ट ब्याक्तिहरुलाई वाइपास गरेर, आम नेपालीहरुलाई कोरोनाको रिक्समा धकेल्ने गरि ५ मार्चको कार्यक्रमको बेमौसमी बाजा बन्द गरौं । धन्यवाद
मोहन कार्की,
उपाध्यक्ष एनआरएन युके
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?