बिहीबार, चैत २७ २०७६ | Thu, April 09, 2020
नेपालको समय: १०:३८ | UK Time: 05:53

एनआरएनए: समितिहरु १५ दिनमा पूर्णता

वीनेपाली
२०७६ फागुन १९ गते ०:०३

लण्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) ले थप एक समिति निर्माण गर्ने भएको छ । शनिवार बसेको आईएस बैठकले उक्त निर्णय गरेको आइसिसि एनआरएनए प्रवक्ता डिबि क्षेत्रीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) बैठकका निर्णयहरु-

१. बैठकले कुवेतमा काम गर्दा गर्दै बालुवाले पुरिएर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ । साथै गम्भिर घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत बैठकले गरेको छ । बैठकले मृतकहरु र घाईतेहरुको उचित क्षतिपूर्ती दिलाउनका साथै मृतकका शब यथाशिघ्र नेपाल पठाउन पहल गर्न नेपाल सरकारसंग माग गरेको छ । दुर्घटनामा परि मृत्यु भएका परिवार र गम्भिर घाईते भएका नेपालीहरुको लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुले सहयोग स्वरुप जनही रु १ लाख प्रदान गर्ने निर्णय बैठकमा गरिएको छ ।

२. संघको केन्द्रिय कार्यालय रहेको बालुवाटारको घरजग्गा सम्बन्धि विवाद मिलाउन कानुनी लगायत अन्य पहल भईरहेको र विश्वभरका एनआरएनए सदस्यहरुको सहयोग तथा लगानी खेर जान नदिन आवश्यक छलफल र पहल भईरहेको जानकारी बैठकमा गराईएको थियो । यस सम्बन्धमा अध्ययन गर्न बनेको समितिलाई सकेसम्म छिटो अध्ययन प्रतिवेदन पेश गर्न बैठकले अनुरोध गरेको छ ।

३. यस कार्यकालका लागि गठन हुने विभिन्न समितिलाई १५ दिन भित्र पूर्णता दिने निर्णय बैठकले गरेको छ ।

४. गोरखा जिल्लाको भिमसेन थापा गाउंपालिका वडा नम्वर ५ बगुवामा बन्दै गरेको एकीकृत मिलन नमूना वस्तीलाई गैरआवासीय नेपाली संघले करीव ३० लाख बराबरको जस्तापाता उपलब्ध गराएकोमा नमूना वस्तीको निर्माण कार्य अघि बढ्न लागेकोमा बैठकले खुशी जाहेर गरेको छ ।

५. दोश्रो पुस्ताका एनआरएनहरुलाई नेपालसंग जोड्न र उनीहरुलाई सामाजिक तथा सांस्कृतिक रुपमा आबद्ध राखी मातृभूमीप्रति जिम्मेवारी बोध गराउन सो सम्बन्धी एउटा छुट्टै समिति बनाउने र गैरआवासीय नेपालीहरुलाई आफू बसेको मुलुकमा समेत राजनैतिक र सांस्कृतिक रुपमा सक्रिय बनाउन बैठकले एक वेग्लै समिति बनाउने निर्णय पनि गरेको छ ।

६. नेपालका दुर्गम वस्तीका छात्राहरुको शौचालय निर्माण सहयोगको लागि मार्च ८ तारिखका दिन काठमाडौंमा गर्न लागिएको च्यारिटि डिनर कार्यक्रममा सहयोग गर्न सबै एनसिसिहरुलाई बैठकले अनुरोध गरेको छ ।

७. बैठकले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाईरसबाट बच्न उच्च शतर्कता अपनाउन सबैलाई अपिल समेत गरेको छ ।

डिबि क्षेत्री
प्रवक्ता
आइसिसि एनआरएनए
मिति १ मार्च २०२०

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक