
लन्डन । एनआरएनए यूके महिला फोरमले आगामी ८ मार्चमा गर्न लागेको महिला सशक्तिकरण सम्बन्धि अन्तर्राष्ट्रिय सेमिनारको तयारी पुरा भएको छ ।
लन्डन इस्टकोटस्थित ‘भेन्यू फाइभ रेष्टुरेन्ट’ हलमा हुने उक्त सेमिनार अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा गर्न लागिएको हो । सेमिनारलाई एनआरएनए यूकेले पनि पूर्ण सहयोग गर्दैछ ।
उक्त सेमिनारका लागि नेपालबाट चर्चित सञ्चारकर्मी सबिना कार्की र मध्यपूर्वबाट महिला अधिकारकर्मी डा. मिना पौडेल लन्डन आउने निश्चित भइसकेको छ ।
बेलायतस्थित विज्ञहरु डा. पुनम यादव, डा. सारा पार्कर र सिवानी घले पनि प्रमुख वक्ता तथा प्यानलिष्टमा रहने महिला विभाग प्रमुख एवं एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेलले जनाइन् ।
सेमिनारमा ‘नेपालको प्रोत्साहन र खतरारहित मर्यादा’ विषयमा डा. सारा पार्कर, ‘सामाजिक संजाल: सशक्तिकरण वा नियन्त्रणको माध्यम’ विषयमा संचारकर्मी सबिना कार्की र ‘समसामयिक नेपालमा व्यक्तित्वको सामाजिक, सांस्कृतिक निर्माण’ विषयमा डा. मिना पौडेलले प्रश्तुति दिनेछिन् । त्यस्तै प्रेरणादायी युवाको रुपमा गौरिका सिंहले सम्बोधन गर्नेछिन्।
त्यसैगरी ‘समसामयिक महिलावादबारे अन्तरपुस्ता दृष्टिकोण’ विषयक ‘प्यानल डिस्कसन’ हुनेछ । ‘प्यानल डिस्कसन’ र प्रश्नोत्तरको मध्यस्तता बिमला सेने र प्रसुना कंडेलले गर्नेछन् ।
बेलायत र नेपालमा रहेका नेपाली महिलाका समस्या पहिचान गरि समाधानको बाटो पहिल्याउन सेमिनार महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै संयोजक कंडेलले सहभागिताका लागि सबैमा अनुरोध गरेकी छन् । कार्यक्रमबाट आउने निचोडलाई प्रतिवेदनका रुपमा तयार गरि नेपालमा सम्बन्धित निकायसम्म पुरयाइने सोच रहेको प्रसुनाले बताइन् ।
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विगत वर्षहरुमा वर्षेनी कार्यक्रम गरिएपनि आसन्न सेमिनार जस्तो गहन मुद्दा उठाइएको थिएन ।
कार्यक्रमको रुपरेखा
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ