लण्डन । युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनी यस वर्षको अप्रिल २६ मा आयोजना हुने लण्डन म्याराथनमा भाग लिने भएका छन् ।
उनले म्याराथनमा भाग लिएर नेपालमा अपाङ्ग र असहाय बालबालिकाको लागि सहयोग गर्ने गैरसरकारी संस्था किड्स फर्स्ट नेपालको लागि तीन हजार पाउण्ड सहयोग उठाउने लक्ष्य राखेका छन् ।
शाहिलले सन् २०१८ को लण्डन म्याराथनमा पनि भाग लिएका थिए । सो वर्ष पनि उनले सोही संस्था किड्स फर्स्ट नेपालको लागि सत्ताइस सय अठार पाउण्ड रकम सहयोग जुटाएका थिए ।
आफ्नो जन्मदिनको अवसरमा फेसबुकमा एक स्टाटस लेख्दै शाहिलले नेपालमा अपाङ्ग र असहाय बालबालिकाको लागि फिजियोथेरापीको सेवा सहज र सुलभ रुपमा उपलब्ध होस् भन्ने हेतुले सहयोग जुटाउन आफू लण्डन म्याराथनमा भाग लिन लागेको बताए । उक्त संस्थाले अपाङ्ग र असहाय बालबालिकाहरूको लागि नि:शुल्क फिजियोथेरापी र अन्य स्वास्थ्य सेवा उपलब्ध गराउंदै आएको छ ।
उक्त दौडमा भाग लिएर उठेको सबै रकम उक्त संस्थालाई सिधै सहयोग जाने उनले प्रष्ट्याए । उनलाई सहयोग गर्न चाहनेले लण्डन म्याराथनको लिंक https://virginmoneygiving.com/fund/shahil-kfn मा गएर सहयोग गर्न सकिने छ ।
पुर्ख्यौली घर तनहुँ भएका शाहिल डार्टफोर्ड निवासी पूर्व काउन्सिलर डा बच्चुकैलाश कैनीका छोरा हुन् ।
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?