लण्डन । युनिभर्सिटी कलेज लण्डनमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत नेपाली छात्र शाहिल कैनी यस वर्षको अप्रिल २६ मा आयोजना हुने लण्डन म्याराथनमा भाग लिने भएका छन् ।
उनले म्याराथनमा भाग लिएर नेपालमा अपाङ्ग र असहाय बालबालिकाको लागि सहयोग गर्ने गैरसरकारी संस्था किड्स फर्स्ट नेपालको लागि तीन हजार पाउण्ड सहयोग उठाउने लक्ष्य राखेका छन् ।
शाहिलले सन् २०१८ को लण्डन म्याराथनमा पनि भाग लिएका थिए । सो वर्ष पनि उनले सोही संस्था किड्स फर्स्ट नेपालको लागि सत्ताइस सय अठार पाउण्ड रकम सहयोग जुटाएका थिए ।
आफ्नो जन्मदिनको अवसरमा फेसबुकमा एक स्टाटस लेख्दै शाहिलले नेपालमा अपाङ्ग र असहाय बालबालिकाको लागि फिजियोथेरापीको सेवा सहज र सुलभ रुपमा उपलब्ध होस् भन्ने हेतुले सहयोग जुटाउन आफू लण्डन म्याराथनमा भाग लिन लागेको बताए । उक्त संस्थाले अपाङ्ग र असहाय बालबालिकाहरूको लागि नि:शुल्क फिजियोथेरापी र अन्य स्वास्थ्य सेवा उपलब्ध गराउंदै आएको छ ।
उक्त दौडमा भाग लिएर उठेको सबै रकम उक्त संस्थालाई सिधै सहयोग जाने उनले प्रष्ट्याए । उनलाई सहयोग गर्न चाहनेले लण्डन म्याराथनको लिंक https://virginmoneygiving.com/fund/shahil-kfn मा गएर सहयोग गर्न सकिने छ ।
पुर्ख्यौली घर तनहुँ भएका शाहिल डार्टफोर्ड निवासी पूर्व काउन्सिलर डा बच्चुकैलाश कैनीका छोरा हुन् ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ