
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का उपाध्यक्ष प्रेम गाहामगरले एनआरएनए आइसीसी सदस्यमा मनोनित रामशरण सिम्खडाले अनावश्यक हस्तक्षेप गरेको आक्षेप लगाएका छन् । आगामी ५ मार्चमा एनआरएनए यूकेको १५ औं स्थापना दिवस मनाउने तयारीमा जुटेका संयोजक सिम्खडामाथि आक्षेप लागेको हो ।
बेलायतस्थित व्यापारीबाट चन्दा संकलन गरि संस्थापकको नाममा आफैले आफ्नो सम्मान गर्न तयारी गरिरहेका सिम्खडालाई एनसीसीमा हस्तक्षेप नगरि पदीय मर्यादा अनुसार काम गर्न गाहामगरले सुझाएका हुन् । उक्त कार्यक्रमका संयोजक सिम्खडा आइसीसी सदस्य सहित आइसीसी अन्तर्गत रहेको पोलिसी तथा प्रोस्यूडर समितिको जिम्मेवारीमा छन् । उनी संस्थापक मध्येका एक हुन् । तर पनि एनसीसीमा उनको कुनै जिम्मेवारी छैन् ।
बुधबार एक विज्ञप्ती जारी गर्दै उपाध्यक्ष गहामगरले अपारदर्शी गतिविधि नगर्न तथा निर्वाचनताका विभाजित समाजलाई थप विभाजित नपार्न चेतावनी दिएका छन् ।
यस्ता कार्य गर्न कार्यसमिति सक्षम रहेकाले आईसिसिले जे कामका लागि मनोनयन गरेको हो त्यही गर्न आग्रह गरिएको छ ।
आफ्ना निकटलाई सामाजिक संजालमा प्रचार गर्न लगाउदै आफूलाई केन्द्रमा राखि आइसीसी सदस्य सिम्खडाले व्यापारीसँग चन्दा उठाउने र सम्मान गर्ने कार्यलाई तीव्रता दिइरहेका छन् ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ