
लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का उपाध्यक्ष प्रेम गाहामगरले एनआरएनए आइसीसी सदस्यमा मनोनित रामशरण सिम्खडाले अनावश्यक हस्तक्षेप गरेको आक्षेप लगाएका छन् । आगामी ५ मार्चमा एनआरएनए यूकेको १५ औं स्थापना दिवस मनाउने तयारीमा जुटेका संयोजक सिम्खडामाथि आक्षेप लागेको हो ।
बेलायतस्थित व्यापारीबाट चन्दा संकलन गरि संस्थापकको नाममा आफैले आफ्नो सम्मान गर्न तयारी गरिरहेका सिम्खडालाई एनसीसीमा हस्तक्षेप नगरि पदीय मर्यादा अनुसार काम गर्न गाहामगरले सुझाएका हुन् । उक्त कार्यक्रमका संयोजक सिम्खडा आइसीसी सदस्य सहित आइसीसी अन्तर्गत रहेको पोलिसी तथा प्रोस्यूडर समितिको जिम्मेवारीमा छन् । उनी संस्थापक मध्येका एक हुन् । तर पनि एनसीसीमा उनको कुनै जिम्मेवारी छैन् ।
बुधबार एक विज्ञप्ती जारी गर्दै उपाध्यक्ष गहामगरले अपारदर्शी गतिविधि नगर्न तथा निर्वाचनताका विभाजित समाजलाई थप विभाजित नपार्न चेतावनी दिएका छन् ।
यस्ता कार्य गर्न कार्यसमिति सक्षम रहेकाले आईसिसिले जे कामका लागि मनोनयन गरेको हो त्यही गर्न आग्रह गरिएको छ ।
आफ्ना निकटलाई सामाजिक संजालमा प्रचार गर्न लगाउदै आफूलाई केन्द्रमा राखि आइसीसी सदस्य सिम्खडाले व्यापारीसँग चन्दा उठाउने र सम्मान गर्ने कार्यलाई तीव्रता दिइरहेका छन् ।
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण