
लन्डन । लन्डनस्थित नेपाली दूतावासले प्रजातन्त्र दिवसका अवसरमा सोमबार सांझ मिडल्याण्डस्थित नटिङहाममा पर्यटन प्रवर्धन विशेष कार्यक्रम गरेको छ । दूतावासले नटिङहाम नेपाली समाजको सहकार्यमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लक्षित कार्यक्रम गरेको हो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी नटिङहामकी लर्ड मेयर रोजमेरी हेलीले मिडल्याण्डमा दूतावासले पहिलोपटक यस खालको कार्यक्रम गर्दा बेलायत नेपाल र दुई देशका जनताबीच आपसी सम्बन्ध थप प्रगाढ बन्ने धारणा राखिन् । उनले ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानबाट उत्साहित हुंदै बेलायतवासीलाई पनि नेपाल भ्रमण गर्न आग्रह गरेकी थिइन् ।
समारोहमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवर्धन र नेपाल भ्रमणका लागि ब्रिटिश नागरिकहरुलाई अपिल गरे । राजदूत डा. सुवेदीले बेलायत नेपाल सम्बन्धका विविध आयाम र नेपालको प्राकृतिक सौन्दर्यबारे पनि बताएका थिए ।
सो अवसरमा दूतावासका उपनियोग प्रमुख शरदराज आरनले भ्रमण वर्ष अभियान र नेपालको प्राकृतिक तथा सांस्कृतिक विविधता झल्कने ‘प्रिजेन्टेसन’ दिए ।
कार्यक्रममा बर्मिङघमका कलाकारले नौमति बाजा र मिडल्याण्डका कलाकारले विभिन्न नेपाली मौलिकता झल्कने ६ वटा नृत्य प्रस्तुत गरे । अतिथीहरुमाझ नेपालको पर्यटन सम्बन्धि भिडियो पनि प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा स्थानीय मेयर, काउन्सिलर, कुटनीतिज्ञ र नेपाली संघसंस्थाका प्रतिनिधि गरि तीन सय ५० व्यक्तिको उपस्थिति थियो । सो अवसरमा लर्ड मेयर रोजमेरी र राजदूत डा. सुवेदीले सहयोगी र कलाकारलाई सम्मान गरेका थिए ।
यसैबीच, दूतावास टोलीले अघिल्लो दिन घुम्ती सेवा समेत प्रदान गरेको छ । आइतबार बिदाको दिन भएपनि दूतावासका उपनियोग प्रमुख शरदराज आरन, तृतीय सचिव तेजेन्द्र रेग्मी र सहयोगी राजकुमार गिरीको टोलीले नेपाली राहदानी नवीकरण, भिजा, एनआरएन कार्ड लगायत सेवा प्रदान गरेको हो ।
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?