
लन्डन । प्रतिभा नक्षेत्रको पहिलो बार्षिक साधारणसभाले दोस्रो कार्यकालका लागि अध्यक्षमा सिम्मी पुनलाई पुन निर्वाचित गरेको छ ।
साधारणसभाले पुनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत ढंगले चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा लक्ष्मण गुरुङ, महासचिव सुशिल प्रजापति प्रजापति, सचिव सन्तोष कार्की र कोषाध्यक्ष विजया दाहाल भण्डारी छन् ।
त्यसैगरि सदस्यहरु सूर्य विक्रम केसी, भरतमणि लिम्बु, दीर्घवहादुर केसी, रमन खत्री, राजेन्द्र खस, विष्णुकुमार चोङवाङ, अन्जना थापा, श्रद्धा थापा, अहिल्या कुवँर, अप्सरा शाक्य, अर्जुन शाही, नवराज कार्की, अभि महर्जन, निरन्जन खड्का, तारा थापा र रेशम बस्याल छन् ।
साधारणसभामा पहिलो सत्रमा औपचारिक कार्यक्रम गरिएको थियो । जसमा प्रतिभा नक्षेत्रका योगदान गर्नेलाई सम्मान समेत गरिएको थियो । दोस्रो सत्रमा निर्वाचन समितिले सर्वसम्मत ढंगले नाम घोषणा तथा प्रमाणपत्र वितरण गरेको थियो ।
साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पुनले आगामी दिनमा नयाँ नयाँ प्रतिभाको खोजी गर्न संस्था लागि पर्ने बताइन् । उनले चांडै नै आफ्ना योजना सार्वजनिक गर्ने प्रतिवद्धता जनाउदै उपस्थित सवैलाई धन्यवाद दिइन् ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ