
लन्डन । प्रतिभा नक्षेत्रको पहिलो बार्षिक साधारणसभाले दोस्रो कार्यकालका लागि अध्यक्षमा सिम्मी पुनलाई पुन निर्वाचित गरेको छ ।
साधारणसभाले पुनको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत ढंगले चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा लक्ष्मण गुरुङ, महासचिव सुशिल प्रजापति प्रजापति, सचिव सन्तोष कार्की र कोषाध्यक्ष विजया दाहाल भण्डारी छन् ।
त्यसैगरि सदस्यहरु सूर्य विक्रम केसी, भरतमणि लिम्बु, दीर्घवहादुर केसी, रमन खत्री, राजेन्द्र खस, विष्णुकुमार चोङवाङ, अन्जना थापा, श्रद्धा थापा, अहिल्या कुवँर, अप्सरा शाक्य, अर्जुन शाही, नवराज कार्की, अभि महर्जन, निरन्जन खड्का, तारा थापा र रेशम बस्याल छन् ।
साधारणसभामा पहिलो सत्रमा औपचारिक कार्यक्रम गरिएको थियो । जसमा प्रतिभा नक्षेत्रका योगदान गर्नेलाई सम्मान समेत गरिएको थियो । दोस्रो सत्रमा निर्वाचन समितिले सर्वसम्मत ढंगले नाम घोषणा तथा प्रमाणपत्र वितरण गरेको थियो ।
साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पुनले आगामी दिनमा नयाँ नयाँ प्रतिभाको खोजी गर्न संस्था लागि पर्ने बताइन् । उनले चांडै नै आफ्ना योजना सार्वजनिक गर्ने प्रतिवद्धता जनाउदै उपस्थित सवैलाई धन्यवाद दिइन् ।
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?