
लन्डन । नेपालीमुलका व्यक्तिहरु युरोपको राजनीतिमा सहभागी हुने क्रम बढ्दै गएको छ । यसै क्रममा आगामी मार्च १५ र २२ तारिखमा हुने स्थानीय तहको निर्वाचनमा फ्रान्समा नेपाली मुलका निर्मल अर्यालले काउन्सिलर पदमा उमेद्वारी दिएका छन् ।
फ्रान्सको स्थानीय चुनावको नियम अनुसार नगर प्रमुख तथा काउन्सिलरहरु चयन हुनेछन् । रेभेइए ओबरभिलिए समूहको तर्फबाट यस नगरको उप-प्रमुखमा अर्यालको राम्रो पहुंच छ ।
गोरखा बजारमा जन्मेर सानै उमेरदेखि फ्रान्समा बसोबास गरेका अर्याल एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष हुन् । विभिन्न सामाजिक कार्यमा संलग्न अर्याल पेशाले वरिष्ठ इन्जिनियर हुन् । फ्रेन्च भाषा समस्याको कारणले धेरै नेपाली वा नेपाली मुलका व्यक्तिहरु त्यहांको राजनीतिमा कम देखिएका छन् ।
निर्वाचनको पहिलो चरणमा अत्याधिक वहुमत ल्याउने अर्थात ५० प्रतिशत भन्दा माथि ल्याउनेले नगरपरिषद्को जम्मा संख्याको आधा हिस्सा लग्छ र बांकी रहेको सिट समानुपातिक ढंगले ५ प्रतिशत भन्दा माथि भोट ल्याउने लिष्टलाई बांडिन्छ ।
पहिलो चरणमा अत्याधिक वहुमत नआए न्यूनतम १० प्रतिशत ल्याउने लिष्ट दोस्रो राउण्डमा जान पाउंछ । दोस्रो राउण्डमा जाने लिष्टहरु मिसिन मिल्ने प्रावधान छ । न्यूनतम ५ प्रतिशत भोट ल्याए १० प्रतिशत भन्दा माथि भोट ल्याउने लिष्टसंग मिसिएर दोस्रो राउण्डको चुनावमा भाग लिन पाउंछ ।
दोस्रो राउण्डमा कुनै पनि लिष्टको बहुमत नआए अग्रपंक्तिमा रहेको लिष्टले वहुमतको ५० प्रतिशत सिट लैजाने व्यवस्था छ । र अरु बांकी सिट भोट पाएको हिस्साले समानुपातिक हिसाबले बांडिन्छ । स्थानीय चुनावमा महिला र पुरुषको हिस्सा बराबरी हुनु पर्ने प्रावधान छ ।
लामो समयदेखि सामाजिक कार्यमा लागि परेका कारणले गर्दा फ्रान्सको राजनीतिमा आउन उत्प्रेरित भएको अर्यालले बताए ।
यस चुनावमा उनले जिते भने नेपालीमुलको सम्भवतः भएको पहिलो फ्रान्सको काउन्सिलर हुनेछन् ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल