फ्रान्समा नेपालीमुलका अर्याल काउन्सिलर उम्मेदवार


लन्डन । नेपालीमुलका व्यक्तिहरु युरोपको राजनीतिमा सहभागी हुने क्रम बढ्दै गएको छ । यसै क्रममा आगामी मार्च १५ र २२ तारिखमा हुने स्थानीय तहको निर्वाचनमा फ्रान्समा नेपाली मुलका निर्मल अर्यालले काउन्सिलर पदमा उमेद्वारी दिएका छन् ।

फ्रान्सको स्थानीय चुनावको नियम अनुसार नगर प्रमुख तथा काउन्सिलरहरु चयन हुनेछन् । रेभेइए ओबरभिलिए समूहको तर्फबाट यस नगरको उप-प्रमुखमा अर्यालको राम्रो पहुंच छ ।

गोरखा बजारमा जन्मेर सानै उमेरदेखि फ्रान्समा बसोबास गरेका अर्याल एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष हुन् । विभिन्न सामाजिक कार्यमा संलग्न अर्याल पेशाले वरिष्ठ इन्जिनियर हुन् । फ्रेन्च भाषा समस्याको कारणले धेरै नेपाली वा नेपाली मुलका व्यक्तिहरु त्यहांको राजनीतिमा कम देखिएका छन् ।

निर्वाचनको पहिलो चरणमा अत्याधिक वहुमत ल्याउने अर्थात ५० प्रतिशत भन्दा माथि ल्याउनेले नगरपरिषद्को जम्मा संख्याको आधा हिस्सा लग्छ र बांकी रहेको सिट समानुपातिक ढंगले ५ प्रतिशत भन्दा माथि भोट ल्याउने लिष्टलाई 
बांडिन्छ ।

पहिलो चरणमा अत्याधिक वहुमत नआए न्यूनतम १० प्रतिशत ल्याउने लिष्ट दोस्रो राउण्डमा जान पाउंछ । दोस्रो राउण्डमा जाने लिष्टहरु मिसिन मिल्ने प्रावधान छ । न्यूनतम ५ प्रतिशत भोट ल्याए १० प्रतिशत भन्दा माथि भोट ल्याउने लिष्टसंग मिसिएर दोस्रो राउण्डको चुनावमा भाग लिन पाउंछ ।

दोस्रो राउण्डमा कुनै पनि लिष्टको बहुमत नआए अग्रपंक्तिमा रहेको लिष्टले वहुमतको ५० प्रतिशत सिट लैजाने व्यवस्था छ । र अरु बांकी सिट भोट पाएको हिस्साले समानुपातिक हिसाबले बांडिन्छ । स्थानीय चुनावमा महिला र पुरुषको हिस्सा बराबरी हुनु पर्ने प्रावधान छ ।
लामो समयदेखि सामाजिक कार्यमा लागि परेका कारणले गर्दा फ्रान्सको राजनीतिमा आउन उत्प्रेरित भएको अर्यालले बताए ।

यस चुनावमा उनले जिते भने नेपालीमुलको सम्भवतः भएको पहिलो फ्रान्सको काउन्सिलर हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री