बेल्जियम । पहिलो पटक आयोजित ‘मिस नेपाल युरोप २०२०’ को ताज निरुसा खत्रीले जितेकी छन् । युरोपको राजधानी बेल्जियमस्थित शैक्षिक नगरी लुभेनमा आयोजित उक्त सौन्दर्य प्रतियोगितामा फिनल्यान्डकी निरुसालाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहिरयाइदिएकी थिइन् ।
मिस नेपाल यूरोप २०२० निरुसाले आगामी ‘मिस नेपाल २०२०’ प्रतियोगिताको फाइनल राउण्डमा सिधै भाग लिन पाउनेछिन् । उनले युरोपबाट मानार्थ सद्भावना दूतको रूपमा नेपालमा क्यान्सर पीडितहरूलाई सहयोगी भूमिका निभाउने छिन् ।
पहिलो पटक ड्रिम्स नेपालले मिस नेपाल आयोजक हिडेन ट्रेजरसंगको सहकार्य र सम्झौतामा सो प्रतियोगिता गरेको हो ।
ग्राण्ड फिनाले हुनुपूर्व विभिन्न युरोपेली देशमा मिस नेपाल युरोपको ‘अडिसन’ प्रक्रिया गरिएको थियो । उक्त अडिसनका विभिन्न चरण पार गर्दै १० प्रतियोगीले फाइनलसम्मको यात्रा तय गरेका थिए ।
उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा हिडेन ट्रेजरका निर्देशक प्रमोदरत्न कंसाकर, अन्तर्राष्ट्रिय मोडल मिस क्यारोलिन र प्रशान्त ताम्राकार थिए ।
निर्णायक मण्डलबाट सोधिएको प्रश्नहरूको उत्तर आत्मविश्वासका साथ दिएर ‘मिस नेपाल युरोप २०२०’ मा फस्ट रनरअपको उपाधि आयरल्याण्डकी संगीता थापाले हात पारिन् भने सेकेण्ड रनरअपको उपाधि बेल्जियमकी ज्योति भट्टले जितिन् । मिस फोटोजेनिक मेला नेपाली र मिस सोसियल उपाधि श्रद्धा थापाले जितिन् ।
बेनेलक्स र युरोपियन युनियनका कार्यबाहक राजदूत सुधिर भट्टराई, ड्रिम्स नेपाल अध्यक्ष योगिता थापा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, एनआरएन निवर्तमान केन्द्रीय सचिव जानकी गुरुङ, गायिका नलिना चित्रकार, चिजकुमार श्रेष्ठ, एनआरएन बेल्जियम अध्यक्ष चित्र सुवेदी, इनास युरोप अध्यक्ष कमला दाहाल लगायतले विभिन्न उपाधि प्रदान गरेका थिए ।
अडिसन राउण्डबाट रोजमरी भोटिया स्वीटजरल्याण्ड, अस्ट्रियाबाट स्नेहा मल्ल, अस्मिता ढकाल, श्रेया भण्डारी, सुस्मिता न्यौपाने फ्रान्स, नर्वेबाट श्रद्धासिंह थापा, सुशिला बोहरा, जर्मनीबाट समा पराजुली, आश्मा घिमिरे, आयरल्याण्डबाट संगीता थापा, बेल्जियमबाट सविना नेपाली, ज्योति भट्ट र लुना श्रेष्ठ सहभागी थिए ।
मिस नेपाल युरोपमा सहभागी प्रतिष्पर्धीलाई मिस नेपाल २००५ सुगरिका केसीले कोरियोग्राफी गरेकी थिइन् । प्रतियोगिताका लागि सम्पूर्ण आकर्षक पहिरन अफिसियल डिजाइनर युवी थापाले गरेका थिए ।
पहिलो चरणको कार्यक्रम सोफिया महर्जन र दोस्रो कार्यक्रम मिस नेपाल २००५ सुगारिका केसीले निकै आकर्षक शैलीमा सञ्चालन गरेकी थिइन् ।
इन्दिरा चाम्लिङ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी