बेल्जियम । पहिलो पटक आयोजित ‘मिस नेपाल युरोप २०२०’ को ताज निरुसा खत्रीले जितेकी छन् । युरोपको राजधानी बेल्जियमस्थित शैक्षिक नगरी लुभेनमा आयोजित उक्त सौन्दर्य प्रतियोगितामा फिनल्यान्डकी निरुसालाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ताज पहिरयाइदिएकी थिइन् ।
मिस नेपाल यूरोप २०२० निरुसाले आगामी ‘मिस नेपाल २०२०’ प्रतियोगिताको फाइनल राउण्डमा सिधै भाग लिन पाउनेछिन् । उनले युरोपबाट मानार्थ सद्भावना दूतको रूपमा नेपालमा क्यान्सर पीडितहरूलाई सहयोगी भूमिका निभाउने छिन् ।
पहिलो पटक ड्रिम्स नेपालले मिस नेपाल आयोजक हिडेन ट्रेजरसंगको सहकार्य र सम्झौतामा सो प्रतियोगिता गरेको हो ।
ग्राण्ड फिनाले हुनुपूर्व विभिन्न युरोपेली देशमा मिस नेपाल युरोपको ‘अडिसन’ प्रक्रिया गरिएको थियो । उक्त अडिसनका विभिन्न चरण पार गर्दै १० प्रतियोगीले फाइनलसम्मको यात्रा तय गरेका थिए ।
उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा हिडेन ट्रेजरका निर्देशक प्रमोदरत्न कंसाकर, अन्तर्राष्ट्रिय मोडल मिस क्यारोलिन र प्रशान्त ताम्राकार थिए ।
निर्णायक मण्डलबाट सोधिएको प्रश्नहरूको उत्तर आत्मविश्वासका साथ दिएर ‘मिस नेपाल युरोप २०२०’ मा फस्ट रनरअपको उपाधि आयरल्याण्डकी संगीता थापाले हात पारिन् भने सेकेण्ड रनरअपको उपाधि बेल्जियमकी ज्योति भट्टले जितिन् । मिस फोटोजेनिक मेला नेपाली र मिस सोसियल उपाधि श्रद्धा थापाले जितिन् ।
बेनेलक्स र युरोपियन युनियनका कार्यबाहक राजदूत सुधिर भट्टराई, ड्रिम्स नेपाल अध्यक्ष योगिता थापा, मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, एनआरएन निवर्तमान केन्द्रीय सचिव जानकी गुरुङ, गायिका नलिना चित्रकार, चिजकुमार श्रेष्ठ, एनआरएन बेल्जियम अध्यक्ष चित्र सुवेदी, इनास युरोप अध्यक्ष कमला दाहाल लगायतले विभिन्न उपाधि प्रदान गरेका थिए ।
अडिसन राउण्डबाट रोजमरी भोटिया स्वीटजरल्याण्ड, अस्ट्रियाबाट स्नेहा मल्ल, अस्मिता ढकाल, श्रेया भण्डारी, सुस्मिता न्यौपाने फ्रान्स, नर्वेबाट श्रद्धासिंह थापा, सुशिला बोहरा, जर्मनीबाट समा पराजुली, आश्मा घिमिरे, आयरल्याण्डबाट संगीता थापा, बेल्जियमबाट सविना नेपाली, ज्योति भट्ट र लुना श्रेष्ठ सहभागी थिए ।
मिस नेपाल युरोपमा सहभागी प्रतिष्पर्धीलाई मिस नेपाल २००५ सुगरिका केसीले कोरियोग्राफी गरेकी थिइन् । प्रतियोगिताका लागि सम्पूर्ण आकर्षक पहिरन अफिसियल डिजाइनर युवी थापाले गरेका थिए ।
पहिलो चरणको कार्यक्रम सोफिया महर्जन र दोस्रो कार्यक्रम मिस नेपाल २००५ सुगारिका केसीले निकै आकर्षक शैलीमा सञ्चालन गरेकी थिइन् ।
इन्दिरा चाम्लिङ
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण