
लन्डन । युरोपको आकर्षक पर्यटकीय गन्तव्य माल्टामा ‘नेपाल भ्रमण वर्ष २०२०’ शुभारम्भ गरिएको छ । बेलायत तथा माल्टाका लागि नेपाली
राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
नेपाली दूतावास लन्डनको आयोजना र गैरआवासीय नेपाली संघ माल्टा, नेपाल टुरिजम बोर्ड, स्थानीय नेपाली संघसंस्थाको समन्वयमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को औपचारिक उद्घाटन गरियो ।
कार्यक्रममा सहभागी हुन राजदूत डा. सुवेदी, दूतावासका द्वितिय सचिव लव सुवेदी त्यहां पुगेका थिए । त्यस्तै नेपाल भ्रमण वर्षको उद्घाटन समारोहमा स्थानीय मेयर, काउन्सिलर तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरुको समेत उल्लेखनीय उपस्थिति थियो ।
राजदूत सुवेदीले माल्टावासीहरुलाई नेपाल भ्रमण गर्न आग्रह गर्दै आफू काम गर्ने प्रत्यक ठाउंबाट कम्तिमा एकजना साथी नेपाल जान प्रेरित गर्न आग्रह गरे । माल्टामा सम्पन्न यस कार्यक्रमले पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने गैरआवासीय नेपाली संघ केन्द्रिय सल्लाहकार तथा एनआरएनए आइसीसी ‘भिजिट नेपाल २०२० विशेष टाक्सफोर्स’ का अन्तर्राष्ट्रिय मोडरेटर सोम सापकोटाले बताए ।
माल्टास्थित मजाइडाकी मेयर मार्गरेट बाल्डाचिनो सिफाइले ‘होलिडे’ का लागि नेपाल उपयुक्त गन्तव्य भएको जनाउंदै सबैलाई नेपाल भ्रमण गर्न अनुरोध गरिन् ।
सो अवसरमा माल्टाबाट सगरमाथा आरोहण गर्ने तारमोनाले सगरमाथा चढ्दाको अनुभव बताएका थिए ।
माल्टामा प्रचार प्रसार तीव्र तुल्याउन स्थानीय यातायातका साधनहरुमा विश्वकै अग्लो शिखर सगरमाथाको तस्विर, शान्तिका प्रतिक बुद्धको प्रतिमा लगायत विभिन्न पोष्टरहरु राखिएको छ ।
उता, नेपाली दूतावासको टोलीले माल्टा लगायत विभिन्न देशका कुटनीतिक नियोग प्रमुखसंग पनि भेटघाट गरेको थियो । भेटमा विदेशी पाहुनालाई ’टोकन अफ लभ’ प्रदान गरि नेपाली दूतावास लन्डनका तर्फबाट ‘भिजिट नेपाल २०२०’ को लोगो अंकित टोपी वितरण समेत गरियो ।
नेपाल सरकारको २० लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्य सफल बनाउन विदेशमा समेत ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान तीव्र भइरहेको छ ।
तस्बिरहरु- रहरमान तामाङ
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा