बाग्लुङ समाज स्पेनले चैते दशैं विशेष कार्यक्रम गर्ने


स्पेन । बागलुङ समाज स्पेनले चैते दशैंको अवसर पारेर वार्सिलोनामा विशेष कार्यक्रम गर्ने भएको छ । सोमबार बसेको समाजको बैठकले मार्च अन्तिम हप्ता उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त कार्यक्रम भब्य बनाउन संस्थाका उपाध्यक्ष हिरालाल सापकोटाको संयोजकत्वमा एक उपसमिति गठन गरिएको संस्थाका अध्यक्ष राजु थापाले जानकारी दिए । बागलुङ र चैते दशैं मेला एक अर्काको परिपुरक भएकोले त्यसैको झल्को मेटाउन यहाँ पनि कार्यक्रम गर्न लागिएको जानकारी संस्थाका वरिष्ठ उपाध्यक्ष दिपक छेत्रीले जनाए ।

समाजका सचिब अरुण अनामी घिमिरेले कार्यक्रममा सहभागी हुन स्पेनमा रहेका सम्पूर्ण संघसंस्थालाई निमन्त्रणा गर्दै त्यस दिन अन्य कार्यक्रम नजुधाई दिन आग्रह गरेका छन् । –भोला लामिछाने 

प्रतिक्रिया

सम्बन्धित सामाग्री