
टोकियो । जापानमा क्रियाशिल बलेवा सेवा समाजको अध्यक्षमा राज पौडेल चयन भएका छन् ।
अंग्रेजी नयाँ वर्षको अवसरमा सम्पन्न समाजको पाँचौ साधारणसभाले पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा विकास केसी, उपाध्यक्षमा शेषकान्त रिजाल, महासचिवमा टिकाराम रिजाल बिमल, सचिवमा अर्जुन लामिछाने, कोषाध्यक्षमा एलपी शर्मा र सह कोषाध्यक्षमा दिपेन्द्र गिरी चयन भए । सदस्यमा गोविन्द्र पौडेल, हरि रेग्मी, सन्तोष सापकोटा, महेन्द्र ढकाल, भिम केसी, भक्त हमाल, प्रताप हमाल, कृष्ण शर्मा समिर, दिपेन्द्र रिजाल, अर्जुनप्रताप सिंह केसी छन् ।
साधारणसभाले रामु चापाई र बलराम भट्टलाई सल्लाहकार एवं महेन्द्र पिसी, शर्मेन्द्र पौडैल सेवक र राजु केसीलाई संरक्षकमा चयन गरेको छ ।
साधारणसभाले महासचिव विमल रिजालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विकास केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
कार्यक्रममा चर्चित लोक दोहोरी गायक सूर्य खड्का, सोना केसी र निर्मल क्षेत्रीले आफ्नो सांगीतिक प्रस्तुतिमार्फत मनोरञ्जन दिए ।
कार्यक्रममा संरक्षक राजु केसी र महेन्द्र पिसीले पनि मन्तव्य व्यक्त गरेका थिए । महासचिव विमल रिजालले सश्चालन गरेको कार्यक्रम समाजका अध्यक्ष शर्मेन्द्र पौडेल सेवकको अध्यक्षतामा भएको थियो । प्रवक्ता अर्जुन लामिछानेले स्वागत मन्तव्य दिएका थिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा