
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले ५ कोअप सदस्य मनोनित गरेको छ । गत आइतबार अल्डरसटमा बसेको कार्यसमिति बैठकले को-अप सदस्यहरुमा हयारी गुरुङ, हेम गुरुङ, डा मिन रानाभाट, धनबहादुर सार्की र रामकुमार गुरुङलाई मनोनित गरेको हो । को-अप सदस्य रामकुमार गुरुङलाई संघको प्रवक्तामा नियुक्त गरिएको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिएका छन् ।
बैठकले विभिन्न विभागहरु गठन गरि जिम्मेवारी समेत बांडफांड गरेको छ जसअनुसार अध्यक्ष पुनम गुरुङलाई नेपाल भ्रमण वर्ष २०२० प्रवर्धन, उपाध्यक्ष प्रेम गाहामगरलाई गोर्खा, उपाध्यक्ष सुनिलबाबु खड्कालाई च्यारिटी, उपाध्यक्ष रोजिना प्रधान राईलाई संघ-संस्था समन्वय, उपाध्यक्ष नारायण कंडेललाई कानुनी परामर्श तथा विधान र उपाध्यक्ष मोहन कार्कीलाई नागरिकता निरन्तरता विभागको जिम्मेवारी दिइएको भट्टराईले जनाए ।
अर्का उपाध्यक्ष रामचन्द्र पोखरेलको नेतृत्वमा उपाध्यक्ष प्रेम गाहामगर, महासचिव फडिन्द्र भट्टराई, इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठ, स्कटल्याण्ड राज्य परिषद अध्यक्ष छवीलाल अर्याल, वेल्स् राज्यपरिषद अध्यक्ष कृष्ण भण्डारी र नर्दन आयरल्याण्ड राज्यपरिषद अध्यक्ष नारायण कुंवर सम्मिलित सदस्यता व्यवस्थापन तथा शुद्धीकरण विभाग समेत गठन गरिएको छ । त्यसैगरी महासचिव फडिन्द्र भट्टराईलाई भाषा तथा साहित्य एवं सचिवहरु जित रानाभाटलाई बिजनेस, कोशलेश्वर ढकाललाई राज्य समन्वय र रञ्जिता मल्ललाई पर्यटन प्रवर्धन विभागको जिम्मा लगाइएको छ ।
कोषाध्यक्ष तेजेन्द्र रोका र सहकोषाध्यक्ष सकुन गुरुङले आर्थिक, युवा संयोजक नवीन गुरुङले युवा र महिला संयोजक प्रसुना कंडेलले महिला विभागको जिम्मेवारी पाएका छन् । कार्यसमिति सदस्यहरु प्रकाश कंडेल र कृष्ण खरेललाई सांस्कृतिक तथा खेलकुद, अमृता गिरी गजुरेललाई वृद्ध तथा अपांग कल्याण र डा. सुनिल शाहलाई स्वास्थ्य परियोजना विभागको संयोजक बनाइएको छ ।
बैठकले सल्लाहकार मनोनयनको टुंगो लगाउने जिम्मा अध्यक्ष गुरुङलाई दिएको छ । बैठकमा एनआरएन यूकेका सदस्यहरुको कार्ड वितरणको जिम्मा इंल्याण्ड राज्य परिषदले लिएको छ । राती अबेरसम्म झण्डै १० घण्टा चलेको बैठकमा संस्थाका भावी कार्यक्रम तथा योजनाबारे पनि छलफल गरिएको थियो । बैठकमा कार्यसमितिका अधिकांश पदाधिकारी, सदस्यका साथै चारवटै राज्य परिषदका अध्यक्षहरु सहभागी थिए ।
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने