काठमाडौं- कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको करिब डेढ वर्ष बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । घट्नाले प्रहरी अनुसन्धानलाई समेत आशंकाको घेरामा राखेको छ । देश विदेशबाट अपराधी पत्ता लगाउन माग गरिएको गरियै छ ।
यसै घटनालाई आधार बनाएर गायिका अञ्जु गौतमले ‘आमाको पीडा’ नामक गन्धर्व गीत बजारमा ल्याएकी छिन् । गीतमा आफ्नै टोल छिमेकमा चेलीहरु हिँड्न डराउनुपर्ने अवस्था र छोरीको आत्मा शान्तिको लागि न्याय खोज्दै हिँडेकी निर्मलाकी आमाको व्यथा प्रस्तुत गरिएको छ ।
उक्त गीतमा स्वर अञ्जु गौतम, अभिनय दिपक शर्मा तथा अञ्जु गौतमको रहेको छ भने निर्देशन पनि दीपक शर्माकै छ । अञ्जु गौतमको अफिसियल युटुव च्यानलमार्फत आइतबार सार्वजनिक भएको गीतको सम्पादन ताराकान्त बिकले गरेका छन् । छायाङ्कन राहुल राईको छ ।
भिडियो-
नेपालको परराष्ट्र मन्त्रालयले माग्यो विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन
बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
संसद्को ‘लोगो’सहित सांसद मिङमा डेभिड शेर्पा सगरमाथाको चुचुरोमा
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो