लन्डनमा भारतविरुद्ध प्रदर्शन तयारी

लन्डन । छिमेकी मित्रराष्ट्र भारतले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत भूभाग आफ्नो नक्सामा एकतर्फी राखी सार्वजनिक गरेको 
विरोधमा लन्डनमा प्रदर्शन हुने भएको छ ।
गैर आवासीय नेपाली संघ बेलायतले लण्डनस्थित भारतीय हाइ कमिसन अगाडि विशाल प्रदर्शन तयारी गरेको हो ।
आगामी २ डिसेम्बर, सोमबार १२.३० देखि १.०० बजेसम्म विरोध प्रदर्शन गर्न लागिएको एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए ।
गैर आवासीय नेपाली संघ केन्द्रीय परिषदले भारतीय कदमको जोडदार विरोध र नजिकको भारतीय दूतावास वा हाइ कमिसनमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न सूचित गरेपछि बेलायत शाखाले पनि प्रदर्शन तयारी गरेको अध्यक्ष पुनम गुरुङले जनाइन् ।
गैर आवासीय नेपाली संघ बेलायतले बेलायतवासी समस्त नेपालीलाई प्रदर्शनमा सहभागी भई सीमा समस्या समाधानका लागि दवाव दिन अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री