
एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ । तस्बिर- मिलन तमु
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके कार्यसमितिको बरबुझारथ गर्ने मिति टुंगो लागेको छ । एनआरएनए यूके निवर्तमान अध्यक्ष योगकुमार फगामीले करीव दुई महिना पुग्न लाग्दा बरबुझारथ मिति तय भएको हो । ‘आगामी २४ नोभेम्बरमा बरबुझारथ गर्न बैठक बोलाएका छौं’- फगामीले भने ।
पुनम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपनि बरबुझारथबारे टुंगो लाग्न सकेको थिएन । यद्यपि एनआरएनए आइसीसीको निर्वाचनमा वर्तमान महासचिव फडिन्द्र भट्टराईले नेपाल जाने नामावलीलाई अन्तिम रुप दिएका थिए । एनआरएनए यूकेका उपलव्ध कार्यसमितिको बैठक बसि आइसीसी प्रतिनिधि टुंग्याउने जिम्मा महासचिव भट्टराईले लिएका थिए ।
एनआरएनए यूके महासचिव भट्टराईले बरबुझारथका लागि निवर्तमान अध्यक्ष फगामीसँग छलफल भैरहेको बताए ।
एनआरएनए यूकेको आर्थिक पारदर्शीता नरहेको आरोप लागिरहेका बेला बरबुझारथ ढिलो हुनुलाई गैरआवासीय नेपालीले आशंकाका रुपमा हेरेका छन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान