
एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ । तस्बिर- मिलन तमु
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके कार्यसमितिको बरबुझारथ गर्ने मिति टुंगो लागेको छ । एनआरएनए यूके निवर्तमान अध्यक्ष योगकुमार फगामीले करीव दुई महिना पुग्न लाग्दा बरबुझारथ मिति तय भएको हो । ‘आगामी २४ नोभेम्बरमा बरबुझारथ गर्न बैठक बोलाएका छौं’- फगामीले भने ।
पुनम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपनि बरबुझारथबारे टुंगो लाग्न सकेको थिएन । यद्यपि एनआरएनए आइसीसीको निर्वाचनमा वर्तमान महासचिव फडिन्द्र भट्टराईले नेपाल जाने नामावलीलाई अन्तिम रुप दिएका थिए । एनआरएनए यूकेका उपलव्ध कार्यसमितिको बैठक बसि आइसीसी प्रतिनिधि टुंग्याउने जिम्मा महासचिव भट्टराईले लिएका थिए ।
एनआरएनए यूके महासचिव भट्टराईले बरबुझारथका लागि निवर्तमान अध्यक्ष फगामीसँग छलफल भैरहेको बताए ।
एनआरएनए यूकेको आर्थिक पारदर्शीता नरहेको आरोप लागिरहेका बेला बरबुझारथ ढिलो हुनुलाई गैरआवासीय नेपालीले आशंकाका रुपमा हेरेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा