लन्डन-युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट) समयसीमा बढाइने भएको छ । संसदमा शनिबार भएको मतदानमा ३२२ सांसदले समयसीमा बढाउने पक्षमा मतदान गरेका हुन् । ३०६ सांसदले विपक्षमा मत दिए । यसअघि बेलायत यहि अक्टुबर ३१ भित्र युरोपेली संघबाट बाहिरिने समयसीमा तोकिएको थियो ।
सांसदहरुको मतदानपछि प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली संघलाई समयसीमा बढाउन आग्रह गर्दै पत्र लेख्नुपर्ने भएको छ । यद्यपि, उनले आफू ब्रेक्जिट समयसीमा थप्ने पक्षमा नरहेको प्रतिक्रिया दिएका छन् । ‘म ब्रेक्जिटको निर्धारित मिति सार्ने पक्षमा छैन र कानुनले त्यसो गर्न मलाई बाध्य पार्दैन्,’ उनले भनेका छन् । युरोपेली संघ म्याद थप गर्ने पक्षमा नरहेको उनको दाबी छ ।
प्रधानमन्त्री जोन्सनले यसअघि बेलायती संसदको तल्लो सभा ‘हाउस अफ कमन्स’ मा सांसदहरूलाई आफनो प्रस्तावको पक्षमा ल्याउने प्रयास गरेका थिए । बेलायत र यूरोपेली संघ (इयू) बीच गत बिहीबार ब्रेक्जिटबारे नयाँ सहमति भएको थियो ।
युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड यान्करले दुई पक्षबीच बिहीबारको सम्झौतालाई ‘निष्पक्ष र सन्तुलित’ भएको प्रतिक्रिया दिएका छन् । उनले आफ्ना सांसदलाई सम्झौताप्रति समर्थन जनाउन आग्रह समेत गरेका थिए । इकान्तिपुर
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान