लन्डन-युरोपेली संघबाट बेलायतको बर्हिगमन (ब्रेक्जिट) समयसीमा बढाइने भएको छ । संसदमा शनिबार भएको मतदानमा ३२२ सांसदले समयसीमा बढाउने पक्षमा मतदान गरेका हुन् । ३०६ सांसदले विपक्षमा मत दिए । यसअघि बेलायत यहि अक्टुबर ३१ भित्र युरोपेली संघबाट बाहिरिने समयसीमा तोकिएको थियो ।
सांसदहरुको मतदानपछि प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली संघलाई समयसीमा बढाउन आग्रह गर्दै पत्र लेख्नुपर्ने भएको छ । यद्यपि, उनले आफू ब्रेक्जिट समयसीमा थप्ने पक्षमा नरहेको प्रतिक्रिया दिएका छन् । ‘म ब्रेक्जिटको निर्धारित मिति सार्ने पक्षमा छैन र कानुनले त्यसो गर्न मलाई बाध्य पार्दैन्,’ उनले भनेका छन् । युरोपेली संघ म्याद थप गर्ने पक्षमा नरहेको उनको दाबी छ ।
प्रधानमन्त्री जोन्सनले यसअघि बेलायती संसदको तल्लो सभा ‘हाउस अफ कमन्स’ मा सांसदहरूलाई आफनो प्रस्तावको पक्षमा ल्याउने प्रयास गरेका थिए । बेलायत र यूरोपेली संघ (इयू) बीच गत बिहीबार ब्रेक्जिटबारे नयाँ सहमति भएको थियो ।
युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड यान्करले दुई पक्षबीच बिहीबारको सम्झौतालाई ‘निष्पक्ष र सन्तुलित’ भएको प्रतिक्रिया दिएका छन् । उनले आफ्ना सांसदलाई सम्झौताप्रति समर्थन जनाउन आग्रह समेत गरेका थिए । इकान्तिपुर
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता