अन्तर्राष्ट्रिय सीतादेवी पुरस्कार पत्रकार लुईटेल र गौतमलाई

काठमाडौँ । यस वर्षको अन्तर्राष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार २०१९ पत्रकारद्वय श्याम लुईटेल (यूके) र यूवराज गौतम (नेपाल) लाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रवासी नेपालीहरुसंग सम्बन्धित समस्या तथा मुद्दाहरुमा कलम चलाइरहेका पत्रकार लुईटेल यूकेबाट सन्चालित वीनेपाल डट कमको सम्पादक मण्डलमा छन् भने गौतम इमेज खवर डटकमको डेस्क इडिटर हुन् । 

दुई दशक लामो पत्रकारिताको अनुभव भएका लुईटेल रेडियो सगरमाथा, राजधानी दैनिक हुँदै बेलायतमा संचालित न्यूज पोर्टल वीनेपाली डटकममा सकृय छन् । समाजशास्त्रमा स्नातकोत्तर उत्तिर्ण गरेका लुईटेल नेपाल पत्रकार महासंघ बेलायत शाखाका बरिष्ठ उपाध्यक्ष हुन् । 

त्यसैगरी पत्रकार गौतम करिव दुई दशकदेखि नेपाली पत्रकारितामा सकृय छन् । 

नेपाल र विदेशमा एनआरएनएका बारेमा कमल चलाउने पत्रकारलाई प्रोत्साहित गर्ने उद्देश्यले अन्तरराष्ट्रिय सीतादेवी अनलाइन पत्रकारिता पुरस्कार स्थापना गरिएको थियो । गैरआवासीय नेपाली संघका एक अभियन्ता चिरन्जिवी ढकालकी स्वर्गीय माता सीतादेवी ढकालको नाममा स्थापित गरिएको सो पुरस्कार प्रत्येक दुइ वर्षमा प्रदान गरिन्छ ।

पुरस्कारको राशी ५ सय अमेरिकी डलरसहित प्रमाण पत्र छ । पुरस्कार यस बर्ष संयुक्त रुपमा वितरण गर्न लागिएको हो ।

यसअघि सो पुरस्कार युवा पत्रकार कृष्ण ढुगांनाले पाएका थिए । यो वर्ष एनआरएनएको नवौं विश्व सम्मेलनका अवसरमा काठमाडौँमा उक्त पुरस्कार प्रदान गरिने संस्थापक ढकालले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री