लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको सकृयतामा स्थापित यस वर्षको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार लन्डनमा सक्रिय पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
गैरआवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेले शनिबार एक वक्तव्य जारी गरी एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९ पत्रकार अर्याल र सेजनलाई दिने घोषणा गरेका हुन् ।
१ लाख रुपियाँ राशीको पुरस्कार हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर रही नेपाली पत्रकारितामा सक्रिय एक/एक जना पत्रकार वा संस्थालाई प्रदान गरिन्छ ।
पत्रकार अर्याल पछिल्लो एक दशकदेखि बेलायतमा सक्रिय पत्रकारिता गर्दै आएका छन् । बेलायतबाट प्रकाशन हुने ‘नेपालीपत्र’ मा उनी सम्पादक छन् । विगतमा एबिसी टेलिभिजन, नेपाली टिभी लगायत मिडियामा रहेर पत्रकारिता गरेका उनले अहिले नेपालको राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टका लागि समेत काम गर्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको सिफरिसअनुसार पुरस्कार बिजेताको निर्णय गरिएको हो ।
पुरस्कार काठमाडौंमा हुने एनआरएनए नवौं विश्व सम्मेलन समापनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रदान गरिने बताइएको छ ।
ठगीबाट सचेत रहन नेपाली दूतावास लन्डनको आग्रह
बेलायतको बोर्नमथमा क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची