लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको सकृयतामा स्थापित यस वर्षको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार लन्डनमा सक्रिय पत्रकार ध्रुवराज अर्याल र नेपालस्थित आर्थिक पत्रकार समाज नेपाल (सेजन) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।
गैरआवासीय नेपाली संघका प्रवक्ता भुषण घिमिरेले शनिबार एक वक्तव्य जारी गरी एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१९ पत्रकार अर्याल र सेजनलाई दिने घोषणा गरेका हुन् ।
१ लाख रुपियाँ राशीको पुरस्कार हरेक दुई वर्षमा नेपाल तथा नेपालबाहिर रही नेपाली पत्रकारितामा सक्रिय एक/एक जना पत्रकार वा संस्थालाई प्रदान गरिन्छ ।
पत्रकार अर्याल पछिल्लो एक दशकदेखि बेलायतमा सक्रिय पत्रकारिता गर्दै आएका छन् । बेलायतबाट प्रकाशन हुने ‘नेपालीपत्र’ मा उनी सम्पादक छन् । विगतमा एबिसी टेलिभिजन, नेपाली टिभी लगायत मिडियामा रहेर पत्रकारिता गरेका उनले अहिले नेपालको राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टका लागि समेत काम गर्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जिवी खनालको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिको सिफरिसअनुसार पुरस्कार बिजेताको निर्णय गरिएको हो ।
पुरस्कार काठमाडौंमा हुने एनआरएनए नवौं विश्व सम्मेलन समापनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रदान गरिने बताइएको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता