लन्डन । तमु समाज युकेले एक समारोहबीच १२ औं स्थापना दिवस मनाएको छ । लण्डनस्थित तमु समाज युकेको आफ्नै कम्युनिटी सेन्टरमा गत ०५ अक्टोबरका दिन वार्षिकोत्सव मनाइएको हो ।
सन् २००७ सेप्टम्बरमा स्थापना भई गत डिसेम्बर २०१२ मा बेलायतको च्यारिटी कमिसनमा वैधानिक रुपमा दर्ता भएको गैर नाफामुलक च्यारिटेवल सामाजिक संस्था तमु समाज युकेले बेलायतवासी समस्त नेपाली र तमुहरुको हरेक दुःख सुःखमा साथ दिंदै आएको छ ।
समाजको सामाजिक सक्रियता र विगत १२ वर्षमा यसले हांसिल गरेका उपलब्धि गर्व गर्न लायक छन् । नेपाली तथा तमु कला संस्कृतिको प्रचार प्रसार, भाषा एवं भेषभुषा संरक्षण, सम्वर्धन तथा नयां पुस्तामा आफ्नो मौलिक परम्परा कायम गराउन यस संस्था निरन्तर रुपमा लागिरहेको छ ।
तमु समाज युकेले नेपाली तथा तमु पहिचानको जगेर्ना गर्दै स्वदेश तथा प्रवासमा विभिन्न सांस्कृतिक, सामाजिक तथा परोपकारी कार्य गर्दै संयुक्त अधिराज्यमा बेलायती रहनसहन र जीवन पद्दतिमा अन्तरघुलन तथा समाहित हुंदै सम्पूर्ण बेलायतवासीको मन जित्न सफल भएको छ ।
वार्षिकोत्सव कार्यक्रम तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ, तमु समाज युएइकी अध्यक्ष उषा गुरुङ र तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले पानसमा दीप प्रज्वलन गरी संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
१२ औं वार्षिक उत्सवको औपचारिक कार्यक्रम समाजका पूर्व महासचिव ज्ञानबहादुर गुरुङले सन्चालन गरेका थिए भने उपाध्यक्ष शिवकुमार गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ सम्बन्धी जानकारी दिएका थिए ।
कार्यक्रममा उपाध्यक्ष शिवकुमार गुरुङले स्वागत मन्तब्य दिंदै १२ औं वार्षिकोत्सवको सुःखद उपलक्ष्यमा हार्दिक शुभकामना दिए ।
मन्तव्यका क्रममा विशेष अतिथी तमु समाज युएइकी अध्यक्ष उषा गुरुङले तमु समाज युकेले आयोजना गरेको ऐतिहासिक कार्यक्रममा सहभागी हुन पाउंदा धेरै खुशी लागेको बताउंदै शुभकामना दिइन् ।
कार्यक्रमको दोस्रो चरणमा उपाध्यक्ष शिवकुमार गुरुङले सञ्चालन गरेको सामाजिक भवन परियोजनाका चन्दादाताहरुलाई खादा, फेटा र सम्मानपत्रसहित धन्यवाद दिएर सम्मान गरियो । त्यसैगरि हालै सम्पन्न एनआरएनए यूकेको चुनावमा निर्वाचित हुने उपाध्यक्ष सुनिलबाबु खड्का र सचिव जीत रानाभाटलाई तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमति बिन्दु घलेले खादा लगाएर सम्मान गरेकी थिइन् ।
कार्यक्रमलाई थप उल्लासमय बनाउन तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष श्रीमती बिन्दु घलेले संयुक्त रुपमा १२ औं वार्षिकोत्सवको केक काटेका थिए ।
मन्तव्यका क्रममा संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले स्थापनाकालदेखि वर्तमानसम्म आइपुग्न निस्वार्थ भावले योगदान दिने विभिन्न कार्यसमितिका पदाधिकारी, सल्लाहकार, आमा समूह र युवा समूहका पदाधिकारीहरुलाई धन्यवाद दिंदै संस्थाको हालसम्मका गतिविधिबारे प्रकाश पारे ।
कार्यक्रममा एनआरएनए यूके नवनिर्वाचित उपाध्यक्ष सुनिलबाबु खड्का र सचिव जीत रानाभाटले पनि समाजले दिएको सम्मानको कदर गर्दै शुभकामना दिए ।
कार्यक्रमको अन्त्यतिर आमा समूहकी अध्यक्ष श्रीमति बिन्दु घले र समूहकी कोषाध्यक्ष श्रीमति विमला घलेले विगत ५ महिनामा आमा समूहबाट संकलित ३ हजार ५ सय पाउण्ड तमु समाज यूकेका कोषाध्यक्षलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङले कार्यक्रम भब्य रुपमा सम्पन्न गर्न सघाउने समाजका सबै पदाधिकारी, सल्लाहकार, आजीवन सदस्यहरु, युवा समूह, आमा समूह र अन्य शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्दै समाज घरका म्यानेजर बाबुराम गुरुङ र सहायक म्यानेजर यम गुरुङलाई धन्यवाद दिए । उनले खाना उपलब्ध गराउने गोर्खा स्पाइसी रेष्टुरेन्टलाई पनि धन्यवाद दिए ।
कार्यक्रमको अन्त्यमा विशालको डिजेमा सहभागीले भरपुर मनोरन्जन लिए ।
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
लन्डनमा गुञ्जियो नेपाली हिपहप