लन्डन –यहाँस्थित नेपाली दूतावासमा शनिवार दिउसो एक समारोहका बीच दशैं लगायत चाडहरुको अवसरमा एक स्वागत समारोह आयोजना गरियो ।
कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले दूतावासले राहदानी लगायतका सेवा आधा घण्टा भित्रै दिने व्यवस्था मिलाएको र घरघरमै भिसा उपलब्ध गराइरहेको जानकारी दिए । उनले निकट भविष्यमै दूतावासले बेल्फास्ट, स्विन्डन, डब्लिन, ग्लासगो लगायत शहरमा गएर नेपालीहरुका घरघर मै सेवा पुराउने लक्ष लिएको पनि बताए ।
उनले ‘नेपाल भ्रमण वर्ष २०२०’ को अवसरमा आउंदो वर्ष बेलायतबाट कम्तिमा एक लाख पर्यटक नेपाल पठाउने गरी काम भै रहेको जानकारी पनि गराए । राजदूत सुवेदीले दशैं, तिहार, म्ह पूजा, नेपाल संवत, छठ तथा ल्होसारको अवसरमा सबै नेपालीहरुलाई शुभकामना दिए ।
कार्यक्रमका प्रमुख अतिथि भूतपूर्व परराष्ट्र मन्त्री डा भेषबहादुर थापाले नेपालमा छोटो समयमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु भएको तर त्यस अनुसार आर्थिक प्रगति हुन नसकेको बताए। ‘राजनीतिक काँचुली मात्रैले समृद्धि हुंदैन, आर्थिक र सामाजिक काँचुली फेर्न बांकी नै छ’-उनले भने ।
भारत तथा अमेरिकाका लागि नेपाली राजदूत रहिसकेका डा थापाले नेपालीहरुले संसार भरि गरेको प्रगतिबाट आफू अत्यन्त हर्षित भएको पनि बताए ।
कार्यक्रममा कोसेली संस्कृतिक परिवारले विभिन्न रोचक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो ।
समारोहमा एनआरएन युकेकी नवनिर्वाचित अध्यक्ष पूनम गुरुङसहित कार्यसमितिका सदस्य, पदाधिकारी तथा आइसीसी सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बेलायतका विभिन्न शहरहरुबाट झन्डै ३०० को संख्यामा नेपाली तथा केही ब्रिटिश पाहुनाहरु पनि उपस्थित थिए । कार्यक्रममा दिवा भोजको पनि व्यवस्था गरिएको थियो ।
तस्बिर- शिव भण्डारी
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक