लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको मतगणना तीव्र रुपमा अगाडि बढेको छ । बिहीबार दिउसोबाट शुरु गणना सांझ ७.३० बजेसम्म आइपुग्दा करिब हजार मत गनिएको निर्वाचन समितिले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त मेजर रिटायर्ड डमर घलेले ११ प्रतिशत मत गणना भइसकेको जनाए ।
प्रारम्भिक गणनामा अध्यक्षका प्रत्यासी शेर सुनारको अग्रता रहेको अनौपचारिक जानकारी प्राप्त भएको छ । तर, सुनारलाई प्रत्यासी पुनम गुरुङले पछ्याइरहेकी छन् ।
१३ मतदान केन्द्र मध्य ६ वटाको मात्र मतगणना सुरु भएको समितिले जनाएको छ । अहिलेसम्म महासचिवमा फडिन्द्र भट्टराईले अग्रता लिएका छन् भने आइसीसी सदस्यमा योगकुमार फगामी, सुशिला राई, दयानिधि सापकोटा, ललित न्यौपाने र लिलादेवी गुरुङ अगाडि छन् । उपाध्यक्षमा प्रेम गाहामगर र पशुपति पोखरेलको अग्रता छ ।
गत १४ सेप्टेम्बर शनिबार भएको मतदानमा कुल ९ हजार २ सय ५३ मत (६८ प्रतिशत) खसेको थियो । यसपटक १३ हजार ६२९ मतदाता योग्य थिए ।
निर्वाचन समितिले अर्को अपडेट २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत र शतप्रति मत गनेपछि दिने जनाएको छ ।
उम्मेदवारहरु नतिजाको व्यग्र प्रतिक्षामा हल वरपर छन् ।
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
गोरखामा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको उम्मेदवारी फिर्ता
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन