लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको मतगणना तीव्र रुपमा अगाडि बढेको छ । बिहीबार दिउसोबाट शुरु गणना सांझ ७.३० बजेसम्म आइपुग्दा करिब हजार मत गनिएको निर्वाचन समितिले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त मेजर रिटायर्ड डमर घलेले ११ प्रतिशत मत गणना भइसकेको जनाए ।
प्रारम्भिक गणनामा अध्यक्षका प्रत्यासी शेर सुनारको अग्रता रहेको अनौपचारिक जानकारी प्राप्त भएको छ । तर, सुनारलाई प्रत्यासी पुनम गुरुङले पछ्याइरहेकी छन् ।
१३ मतदान केन्द्र मध्य ६ वटाको मात्र मतगणना सुरु भएको समितिले जनाएको छ । अहिलेसम्म महासचिवमा फडिन्द्र भट्टराईले अग्रता लिएका छन् भने आइसीसी सदस्यमा योगकुमार फगामी, सुशिला राई, दयानिधि सापकोटा, ललित न्यौपाने र लिलादेवी गुरुङ अगाडि छन् । उपाध्यक्षमा प्रेम गाहामगर र पशुपति पोखरेलको अग्रता छ ।
गत १४ सेप्टेम्बर शनिबार भएको मतदानमा कुल ९ हजार २ सय ५३ मत (६८ प्रतिशत) खसेको थियो । यसपटक १३ हजार ६२९ मतदाता योग्य थिए ।
निर्वाचन समितिले अर्को अपडेट २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत र शतप्रति मत गनेपछि दिने जनाएको छ ।
उम्मेदवारहरु नतिजाको व्यग्र प्रतिक्षामा हल वरपर छन् ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे