लन्डन । एनआरएनए यूकेको अवरुद्ध मतगणना सुचारु गर्न दुवै पक्षबीच सहमति भएको छ ।
अध्यक्षका दुई प्रत्यासी शेर सुनार र पुनम गुरुङ समूह, निर्वाचन आयोग तथा एनआरएनए केन्द्रिय नेताहरुबीच लामो वार्तापछि बुधवार राती एक बजे सहमति बनेर गणना बिहीवार बिहान १० बजेबाट शुरु हुने भएको हो ।
वार्तामा सहभागी एनआरएनए उपाध्यक्ष कुल आचार्यले विवादपछि निवेदन परेका बेजिङस्टोक र ह्यारो बुथको मत छानवीन पछि मात्र अन्तिममा गन्ने सहमति भएको जनाए ।
छानवीन समितिमा कर्नेल यमबहादुर राना, मेजर कृष्ण बहादुर गुरुङ र उमेश मोक्तान छन्। उक्त समितिले विवादपछि निवेदन परेका बेजिङस्टोक र ह्यारो बुथको छानवीन गर्ने छ ।
स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सको मतगणना भइसकेको छ भने अब बाँकी इंग्ल्याण्डका १० मध्ये बेजिङस्टोक र ह्यारो बुथबाहेकको मत गनिने छ ।
मतगणना सुचारु गर्न एनआरएनए केन्द्रिय तहबाट पनि लिखित निर्देशन आएको थियो भने बेलायतस्थित केन्द्रिय नेताहरुले पनि सहमतिका लागि प्रयास जारी राखेका थिए ।
एनआरएनए यूकेको नयां कार्यसमिति चयनका लागि गत शनिबार १४ सेप्टेम्बरमा निर्वाचन भएको थियो । तर, अध्यक्षका एकजना प्रत्यासी शेर सुनार समूहले
बेजिङस्टोक बुथमा धांधली भएको भन्दै मतगणना बहिष्कारपछि गणना अवरुद्ध भएको थियो ।
पुनम समूहले हजारौं मतदाताको भावनामाथि खेलवाड नगर्न चेतावनीसहित गणना तत्काल थाल्न दवाव दिइरहेको थियो। यद्यपि गणनाबाट बाहिरिएको शेर समूहलाई समावेश गरेर लैजान छलफल जारी थियो ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान