
लन्डन । लन्डन साउथहलमा शनिबार आयोजित एउटा वृहत मेला लन्डन मेलामा नेपाली दूतावास र समुदायले उत्साहजनक सहभागिता जनाएको छ । राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख शरदराज आरणसहित दूतावास कर्मचारी र नेपाली समुदायले मेलामार्फत नेपाली कला-संस्कृति र पर्यटन प्रवर्धनमा पहल गरेका हुन् । नौमति बाजामा राजदूत आफैं नाचेर हौसला प्रदान गरेका थिए ।
मेलामा राखिएको दूतावासको स्टलमार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचार प्रसार गरि आगन्तुकहरुलाई नेपालसम्बन्धि पोस्टर, लगायत सामाग्री वितरण गरिएको थियो । दूतावासका उपनियोग प्रमुख शरदराज आरणले हजारौं आगन्तुकबीच नेपाली कला संस्कृति प्रवर्धन र नेपाल भ्रमण वर्ष प्रसार प्रसार गर्न मेला उपलब्धिमुलक रहेको बताए ।
मेलामा प्रथम नौमती ब्याण्ड गुल्मी यूके समूहले नौमति बाजा र सयपत्री सांस्कृतिक समूहले देउडासहित तीनवटा नृत्य प्रस्तुत गरेको थियो ।
यसपटक लन्डन मेलाको १७ औं संस्करण शनिबार र आइतबार दुई दिन गरिएको हो । मेलामा एसियाली कला संस्कृति, गीत संगीत, खाना, नृत्य आदिको समिश्रण रहने गर्छ । मेला आयोजकले नेपाली दूतावासलाई विशेष प्राथमिकता दिइ वर्षेनी आमन्त्रण गर्ने गरेको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने