
लन्डन । लन्डन साउथहलमा शनिबार आयोजित एउटा वृहत मेला लन्डन मेलामा नेपाली दूतावास र समुदायले उत्साहजनक सहभागिता जनाएको छ । राजदूत डा. दुर्गाबहादुर सुवेदी, उपनियोग प्रमुख शरदराज आरणसहित दूतावास कर्मचारी र नेपाली समुदायले मेलामार्फत नेपाली कला-संस्कृति र पर्यटन प्रवर्धनमा पहल गरेका हुन् । नौमति बाजामा राजदूत आफैं नाचेर हौसला प्रदान गरेका थिए ।
मेलामा राखिएको दूतावासको स्टलमार्फत ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचार प्रसार गरि आगन्तुकहरुलाई नेपालसम्बन्धि पोस्टर, लगायत सामाग्री वितरण गरिएको थियो । दूतावासका उपनियोग प्रमुख शरदराज आरणले हजारौं आगन्तुकबीच नेपाली कला संस्कृति प्रवर्धन र नेपाल भ्रमण वर्ष प्रसार प्रसार गर्न मेला उपलब्धिमुलक रहेको बताए ।
मेलामा प्रथम नौमती ब्याण्ड गुल्मी यूके समूहले नौमति बाजा र सयपत्री सांस्कृतिक समूहले देउडासहित तीनवटा नृत्य प्रस्तुत गरेको थियो ।
यसपटक लन्डन मेलाको १७ औं संस्करण शनिबार र आइतबार दुई दिन गरिएको हो । मेलामा एसियाली कला संस्कृति, गीत संगीत, खाना, नृत्य आदिको समिश्रण रहने गर्छ । मेला आयोजकले नेपाली दूतावासलाई विशेष प्राथमिकता दिइ वर्षेनी आमन्त्रण गर्ने गरेको छ ।
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा