लन्डन । नेपालका चर्चित गायक दीपक बज्राचार्य सांगीतिक समूह रिदम ब्याण्डका सदस्यहरुका साथ लन्डन आइपुगेका छन् । सपन इन्टरटेनमेन्ट लिमिटेडले गर्न लागेको ‘मन मगन यूके टुर २०१९’ का लागि उनीहरु मंगलबार राती बेलायत आएका हुन् । ति कलाकारहरुलाई आयोजक सपन इन्टरटेनमेन्ट लिमिटेडका प्रवन्ध निर्देशक सपनकुमार राई, मन्जु गुरुङ राई लगायतले स्वागत गरेका थिए ।
उनीहरुको पहिलो शो यही शुक्रबार ३० अगष्ट केटिएम क्लब हयारोमा तय भएको छ । भोलिपल्ट ३१ अगष्ट सांझ अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम हुने सपन इन्टरटेनमेन्ट लिमिटेडका प्रवन्ध निर्देशक राईले जानकारी दिए । कार्यक्रममा दाजु भाइ व्याण्ड र डिजे एस काजीले थप मनोरन्जन प्रदान गर्ने राईले बताए । राई नेपाली फिल्म शो, कन्सर्ट, विभिन्न सांगीतिक कार्यक्रम र नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ का अर्गनाइजर हुन् ।
गत वर्ष सार्वजनिक बज्राचार्यको स्वर संगीत रहेको ‘कल्ले देला धन मलाई कल्ले देला धन, कल्ले देला मन मलाई कल्ले देला मन…’ गीत खुबै हिट छ । उक्त गीतको म्यूजिक भिडियोले नेवारी संस्कृति, परम्परा र सम्पदामात्र प्रतिबिम्बित गरेको छैन्, धिमे बाजा, मादल र सारंगी जस्ता मौलिक वाद्यवादनहरुको समिश्रणले गीत थप ऐतिहासिक बनेको छ ।
वि.स. २०४७ साल देखि सांगीतिक यात्रामा होमिएका हुन् दीपक । विशेषगरि पश्चिमा गीत संगीतले प्रभावित उनी यसपटक फरक शैलीको ‘मनमगन’ गीतले नयां पुस्तामाझ लोकप्रियता कमाइरहेका छन् । ‘ओ अमिरा’ गीतमार्फत गायकको छवि बनाएका बज्राचार्यको ‘मायाको डोरीले’, ’कालीकाली’ आदि गीत चर्चित छन् ।
तस्बिर- शंकर श्रेष्ठ/प्रोडक्सन थ्री
लिम्बुवान नागरिक समाज यूकेको अध्यक्षमा विजय लुम्फुङवा सर्वसम्मत चयन
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?