लन्डन । नेपालका चर्चित गायक दीपक बज्राचार्य सांगीतिक समूह रिदम ब्याण्डका सदस्यहरुका साथ लन्डन आइपुगेका छन् । सपन इन्टरटेनमेन्ट लिमिटेडले गर्न लागेको ‘मन मगन यूके टुर २०१९’ का लागि उनीहरु मंगलबार राती बेलायत आएका हुन् । ति कलाकारहरुलाई आयोजक सपन इन्टरटेनमेन्ट लिमिटेडका प्रवन्ध निर्देशक सपनकुमार राई, मन्जु गुरुङ राई लगायतले स्वागत गरेका थिए ।
उनीहरुको पहिलो शो यही शुक्रबार ३० अगष्ट केटिएम क्लब हयारोमा तय भएको छ । भोलिपल्ट ३१ अगष्ट सांझ अल्डरसटस्थित एम्पायर हलमा कार्यक्रम हुने सपन इन्टरटेनमेन्ट लिमिटेडका प्रवन्ध निर्देशक राईले जानकारी दिए । कार्यक्रममा दाजु भाइ व्याण्ड र डिजे एस काजीले थप मनोरन्जन प्रदान गर्ने राईले बताए । राई नेपाली फिल्म शो, कन्सर्ट, विभिन्न सांगीतिक कार्यक्रम र नृत्य प्रतियोगिता ‘यूके डान्स अफ’ का अर्गनाइजर हुन् ।
गत वर्ष सार्वजनिक बज्राचार्यको स्वर संगीत रहेको ‘कल्ले देला धन मलाई कल्ले देला धन, कल्ले देला मन मलाई कल्ले देला मन…’ गीत खुबै हिट छ । उक्त गीतको म्यूजिक भिडियोले नेवारी संस्कृति, परम्परा र सम्पदामात्र प्रतिबिम्बित गरेको छैन्, धिमे बाजा, मादल र सारंगी जस्ता मौलिक वाद्यवादनहरुको समिश्रणले गीत थप ऐतिहासिक बनेको छ ।
वि.स. २०४७ साल देखि सांगीतिक यात्रामा होमिएका हुन् दीपक । विशेषगरि पश्चिमा गीत संगीतले प्रभावित उनी यसपटक फरक शैलीको ‘मनमगन’ गीतले नयां पुस्तामाझ लोकप्रियता कमाइरहेका छन् । ‘ओ अमिरा’ गीतमार्फत गायकको छवि बनाएका बज्राचार्यको ‘मायाको डोरीले’, ’कालीकाली’ आदि गीत चर्चित छन् ।
तस्बिर- शंकर श्रेष्ठ/प्रोडक्सन थ्री
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा