
लन्डन । आज भन्दा करीव १६ बर्षअघि बेलायतबाट स्थापना भएको गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् बालिक भएको छ ।
नेपालमा जन्म भएपनि विभिन्न कारण प्रवास हिडेका सवै नेपालीका साझा संस्थाका रुपमा विकास गर्न स्थापित संस्था गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ अन्तराष्ट्रिय समन्वय परिषद् सुरुवाती दिन ठिक बाटो थियो । संस्थापक अध्यक्ष उपेन्द्र मह्तोदेखि वर्तमान अध्यक्ष भवन भट्टसम्म आईपुग्दा समय कालखण्डमा चुनौती फेरीएका छन् ।
यसवीचमा एनआरएनएले नेपाल सरकारबाट औपचारिक रुपमै वैधानिकता प्राप्त गरेको छ । एनआरएनए पनि औचापरिक रुपमा नेपालमा दर्ता भै नेपालीका लागि काम गर्न गैरआवासीय नेपालीका संस्था हो भन्ने परिचय दिन सफल भएको छ ।
खासगरी सन् २०१५ मा नेपाल गएको विनासकारी भूकम्प र पुनर्निमाणमा गैरआवासीय नेपालीले गरेका आर्थिक र सामाजिक कार्य सवैले गर्व गर्न लायक बन्यो त्यो नै हाम्रा लागि खुसीको कुरा हो । लाप्राक बस्ती निर्माण अन्तिम चरणका काम भैरहेको छ, शंखमूल पार्क, गैरआवासीय नेपाली संघको आफ्नै भवन जस्ता कार्यले गैरआवासीय नेपाल साँच्चै नेपालको विकासमा हातेमालो गर्न चाहान्छन भन्ने कुरा प्रमाणित भएको भैसकेको छ ।
नेपालमा विगतको जस्तो अस्थिर सरकार होइन, स्थायी सरकार बनिसकेको छ । स्थायी सरकारले लिएका नीतिहरु अव कम्तीमा पाँच बर्षसम्म रहने देखिन्छ । हामीले अव जन्मभूमिका बिषयमा ठोस काम गरेर देखाउने दिन आइसकेको छ ।
विकसित मुलुकहरु बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान, क्यानाडालगायत ठाउँमा हामीले बस्दा अनुभव गरेका सीप र दक्षता अव नेपाल सरकारलाई हस्तान्तरण गर्नु जरुरी छ । उमेर र क्षमता अनुसार हामीले प्राप्त गरेको सीप अव नेपालको तीव्र विकासमा लगानु पर्नेछ । बर्षायाममा हरेक बर्ष बाढी जान्छ, पूल भत्कन्छ । शहरका सडकमा पानी निकास नभएर वालकालिकाको खाडलमा परेर असमायिक मृत्यू हुने गरेको छ । यस्ता कुरा रोक्न यहाँ कुन प्रविधिबाट पूल बनाइन्छ ? बाटो कसरी सधै चिल्ला र राम्रा हुन्छन् ? सडक बनाउन हाल्नुपर्ने ढुंगा वा रोडाका मात्रा कति र कसरी दरिलो बनाउन सकिन्छ ? यस्ता प्राविधिक ज्ञान हामी नेपाली इन्जिनियरले नेपाल सरकारलाई हस्तान्तरण गर्ने अवस्था अव एनआरएनएले गर्नुपर्छ ।
अस्पतालमा भिड हुन नदिन कसरी जेनरल प्राक्टिक्सनरले सामान्य चेक जाँच गरेपछि मात्र अस्तापल जाने बाटो खुल्छ त्यो अवस्था नेपालमा पुर्याउनु पर्छ । हाम्रो देशका कतिपय भूगोलमा अहिलेसम्म सिटामोल खाने अवस्था छैन । त्यस्तो ठाउँमा योजना लगेर विकट स्थानमा एक प्रदेश एक एनआरएनए अस्पतालको अवधारणा लग्नुपर्छ ।
विकसित देशमा अध्ययन गरेका बालबालिका आफ्ना कुरा निर्धक्कसँग राख्छन् । स्वयं आत्माविश्वास हुने खालेका प्राविधिक शिक्षा भित्र्याउन सहयोग गर्नुपर्छ । जसले विश्वभरका मानिससँग प्रतिस्पर्धा गर्न सकोस । त्यस्तै, औपचारिक शिक्षामा अल्झिएको नेपाली शिक्षालाई व्यवसायी बनाउन एनआरएनएले नै पहल गर्नुपर्छ । कम्तिमा दुई बर्षमा एक प्राविधिक शिक्षालयको अवधारणा अघि सारियो भने १४ बर्षमा सातै प्रदेशमा प्राविधिक शिक्षालय खुल्छन । जस्तो बेरोजगारी समस्या हटाई रोजगार निर्माण गर्छ ।
दैनिक सवारी दुर्घटनाबाट सयौं मानिसको मृत्यू हुने गरेको छ । जसका कारण टुहुरा धेरै बालकालिका लालनपालनमा समस्या देखिएको छ । बेलायतमा हरेक बर्ष अनिवार्य प्राविधिक सवारी चेकजाँच गरिए जस्तै सवारी रोडमा चल्न योग्य हुनुपर्ने नियम बनायौं भने स्वत दुर्घटना नियन्त्रण हुन्छ ।
रोड सेप्टीकालागि बाटोका लेनहरु स्पष्ट रंग लगाउने, सवारी गति तोक्ने र अनियन्त्रित सवारी हाक्नेलाई कारवाही गर्ने नीति ल्याउने हो भने अनाहकमा हुने मृत्यू तत्काल नियन्त्रण हुने देखिन्छ । यस्ता कुराहरुलाई हामीले कायान्वयनमा लग्न सकियो भने नेपालीमा एनआरएनएप्रतिको बुझाई देख्न सजिलै सकिन्छ ।
त्यसवाहेक, हामीले थोरै लगानीबाट पनि धेरै उपलव्धी हात पार्न सक्छौं । वर्तमान अध्यक्ष भवन भट्टका भनाईलाई सापट लिने हो भने ‘सवैको हात एकैसाथ’ यस्ता सकारात्मक कुराले मातृभूमिमा लगानी गर्न सवैलाई एकै ठाउँमा उभ्याउँछ । एक प्रवासी नेपाली सँग कम्तीमा एक डलर लगानी गर । एनआरएनएले यस आयोजना अघि बढाउँछ भन्ने हो भने स्वत ठुलो धनरासीको लगानी गर्न हामी सक्षम हुन्छौ ।
सीप, दक्षता, ज्ञान र अनुभव जस्ता कुराहरु जत्ति खर्च गर्यो उति फैलिएर जान्छ । गैरआवासीय नेपालीले कुरा गरे जत्ति काम गर्न सकेका छैनांै । जसका कारण हामी प्रत्ति स्वदेशी नेपालीहरु सकारात्मक हुन सकेका छैनौ । यसलाई चिर्ने भनेको हामीले कामबाटै हो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्र्यि समन्वय परिषद्ले हरेक बर्ष बिषयगत समिति बनाउने गरेको छ । तर, ति समितिका सदस्यहरु एक पटक पनि वैठक बस्न सकेको छैन । नेपालमा जाने र नेता भेट्नका लागि समिति बनाइएको जस्ता भान हुन थालेको छ । जे जति समितिहरु बनाइन्छन ति सवैलाई चलायमान बनाऔं । काम गरौं, हामी विदेशका रहेका प्रवासी नेपालीहरु मेहनति भन्ने कुरामा कुनै शंका छैन । अव पालो डेलिभर गर्ने बेला आएको छ । हामीले हाम्रालागि धेरै गयौं, अव मातृभूमिका लागि केही गरौं र हाम्रो एनआरएनए राम्रो एनआरएन बनाऔं सबैमा अनुरोध ।
(लेखक अधिकारीले एनआरएनए आईसिसि सचिव पदका उम्मेदवारी घोषणा गरेका छन् )
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने