नर्स मोडलको चुनावी अभियान उत्कर्षमा

लन्डन । नर्स, नायिका, मोडल, नृत्यांगना र समाजसेवी । वहु आयामिक छ उनको चिनारी । बेलायतको व्यस्त जीवनमा पनि पेशाबाहेक हरेक क्षेत्रमा उत्तिकै सक्रिय प्रसुना कंडेल यतिखेर भने एनआरएनए यूकेको आसन्न चुनावले व्यस्त छिन् ।

महिला संयोजककी उम्मेदवार प्रसुनाले अहिले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् । प्राय हरेक कार्यक्रममा उनी मतदाता रिझाइरहेको भेटिन्छिन् । ‘सांच्चिकै व्यस्त र प्रेसर हुने रहेछ’- करिब १४ हजार मतदाताबीच हुन लागेको निर्वाचन आउनै लाग्दा उनले अपिल गरेकी छन्, ‘कृपया मलाई मत दिएर जिताइ दिनुहुन सबै मतदातामा विनम्र अनुरोध गर्दछु ।’

महिला हकहित, सशक्तिकरण र वृहत्तर समाजसेवा उनका 
प्रमुख मुद्दा छन् । नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी निवर्तमान अध्यक्ष एवं एनआरएनए यूके सल्लाहकार कंडेल पद मोह वा लोकप्रियताका लागि भन्दा पनि सामाजिक कामलाई थप 
निरन्तरता दिन एनआरएन ‘प्लेटफर्म’ रोजेको बताउंछिन् ।

युनिभर्सिटी अफ लन्डनबाट हेल्थ केयर लिडरसीपमा एमएससी गरेकी प्रसुना क्रिटिकल केयर आउटरिच नर्स स्पेशलिष्ट 
हुन् । सन् २००५ सेप्टेम्बरदेखि बेलायतमा छिन् उनी । उनले नर्सिङ जागिरपछि बांकी रहेको समय अभिनय, मोडलिङ र समाजसेवामै खर्चिएकी छन् । लन्डन दूतावास होस् वा एनआरएन, अथवा अन्य च्यारिटी डिनर । उनको सहभागिता जारी छ । ‘समाजले मलाई धेरै दिएको छ र रिटर्नमा मलाई पनि केही योगदान गर्न कन्जुस्याईं लाग्दैन्’- उनले भनिन् ।

हाल नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी सल्लाहकार प्रसुनाले नेपलिज वुमन एसोसिएसन यूके र नेपलिज ब्लड डोनर्स यूकेको महासचिव भएर काम गरिसकेकी छन् । अहिले वुमन एसोसिएसनमा सदस्य छन् । प्रसुना लन्डनस्थित नेपाली दूतावासले गठन गरेको ‘भिजिट नेपाल २०२०’ को महिला कमिटीमा पनि आवद्ध छन् ।

महाभूकम्प गए लगत्तै नेप्लिज नर्सिङ एसोसिएसन यूकेको एउटा टोलीको नेतृत्व गर्दै उनी धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, दोलखा, काठमाडौं, भक्तपुर, ललितपुर लगायत ९ वटा जिल्लामा अहोरात्र खटिएकी थिइन् । सो टोलीले भूकम्प पीडित झण्डै दुईहजार परिवारको उपचार गरेको थियो । उनले बेलायतस्थित परोपकारी संस्था अक्सफामसंग आवद्ध रहेर विभिन्न परोपकारी कामका लागि फन्ड रेज पनि गरेकी छिन् । हेल्प नेपाल नेटवर्कको रु १० करोडको अक्षयकोषका लागि एकजना संयोजकको रुपमा पनि काम गरेकी प्रसुना माइती नेपाल, पवित्र समाज नेपाल, रत्न आश्रम, रेन्बो चाइल्ड फाउन्डेसन लगायतका थुप्रै परोपकारी संस्थामार्फत् मानवीय सहायतामा जुटिसकेकी छन् ।

एनआरएनए यूकेको नारी दिवस कार्यक्रममा पनि उनको निरन्तर संलग्नता र योगदान रहंदै आएको छ । ‘प्रसुना जस्ता जुझारु र समाजका लागि केही गरौं भन्ने भावना बोकेका व्यक्ति एनआरएनलाई खांचो छ’- मतदाता यसै भन्छन् ।

धादिङमा जन्मिएकी प्रसुना सामाजिक सेवा 
अतिरिक्त फिचर फिल्म, म्यूजिक भिडियो, 
सर्ट मूभिज, विभिन्न म्यागेजिन तथा रयाम्पमा समेत मोडलिङ गरिसकेकी छन् । प्रसुना नाट्यकर्मी पनि हुन् । उनले अ टेल अफ टु रोजेज, समय दृष्य, जिगिसा जस्ता अंग्रेजी र नेपाली नाटक, अंग्रजी मुभी अस, नेपाली चलचित्र एटिन, यू टर्नसहित कयौं हिन्दी र पाकिस्तानी टेलि प्ले गरिसकेकी छन् ।

उनको सामाजिक तथा व्यवसायिक कामको कदर पनि भएको छ । उनले नेपाली दूतावासको ‘इन्सपायरिङ युथ पर्सनालिटी अवार्ड २०१७’, रुल द रनवे यूके मोडलिङ कम्पिटिसन-०१७ मा मिस पब्लिक च्वाइस, फेस अफ प्युरिटी ब्युटी कम्पिटिसन यूके २०१३ मा ‘मिस पर्सनालिटी’ र ‘मिस पब्लिक च्वाइस अवार्ड’, एफ्रो मोडल अवार्डस २०१५, नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०१७, अल पाकिस्तानी नर्सेस एसोसिएसन एण्ड प्रोफेशनल 
रिलिफ अर्गनाइजेशन लगायतबाट सम्मान पाइसकेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री