लण्डन । गैरआवासीय नेपाली संघ बेलायतको आसन्न निर्वाचनका लागि युवा संयोजकमा उम्मेदवारी दिएका हेमकुमार गुरुङको उम्मेदवारी खारेज भएको छ । उनीविरुद्ध उजुरी पछि मंगलबार बसेको एनआरएनए यूके निर्वाचन समिति बैठकले उमेर हद पार गरेको भन्दै युवा संयोजकका प्रत्यासी गुरुङको उम्मेदवारी खारेज गरेको हो ।
तरपनि, एनआरएनए यूके युवा संयोजकमा नवीन गुरुङ र तीर्थबहादुर मल्ल (अनिल) मैदानमा छन् ।
निर्वाचन समितिका अनुसार सचिवका उम्मेदवार भाग्यनारायण रायले उम्मेदवारी फिर्ता लिएका छन् । पाँच उम्मेदवारमध्ये अझै चार उम्मेदवार दुई सचिव पदका लागि प्रतिस्पर्धामा छन् ।
दावी बिरोध परे पनि एनआरएनए यूके उपाध्यक्ष पदका प्रत्यासी सुनिल खड्का र आइसीसी सदस्य प्रत्यासी योगकुमार फगामीको उम्मेदवारी कायमै राखिएको छ । मनोनयन फिर्ताको समयसीमा मंगलबार सकिएपछि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
राष्ट्रिय समन्वय समिति र राज्य समन्वय परिषद गरि कुल ७४ पदमा ११७ जनाले उम्मेदवारी दिएकामा अब ११५ मैदानमा बाँकी रहे । निर्वाचन आगामी १४ सेप्टेम्बरमा तय भएको छ । यसपटक १३ हजार ६२९ मतदाता र उम्मेदवार पनि धेरै भएकाले निर्वाचन रोचक हुने ठानिएको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन