लन्डन । गैर आवासीय नेपाली संघ बेलायतको १४ सेप्टेम्बरमा हुने निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन भएको छ । निर्वाचन समितिका अनुसार, ७४ पदका लागि ११७ जनाले उम्मेदवारी दिएका छन् । केही पदका उम्मेदवारहरुविरुद्ध दावी विरोध आएका र मनोनयन फिर्ताको समयसीमा मंगलबारसम्म भएकाले उम्मेदवार संख्या घटबढ हुने देखिन्छ ।
यहां चर्चा ति उम्मेदवारहरुको होइन, जसले दर्तामै भारी रकम खन्याए । रातदिन चुनावी चटारोमा छन् । बरु चुनाव आउनु तीन महिनाअघि देखि नै फेसबुक र अनलाइन समाचारबाट उम्मेदवार बन्छु भनेर सस्तो लोकप्रियता कमाउने केही पात्रको चर्चा यहां गर्न लागिएको हो ।
सम्भवतः सबैभन्दा बढि हल्ला र सस्तो लोकप्रियता खोज्नेमा देखिए गैर आवासीय नेपाली संघ बेलायतका महासचिव आर के त्रिपाठी । ‘हामीले दुई वर्षमा के गर्यौं’ भन्दै उनले एयरपोर्टमा नेता बोकेदेखि, कोठे बैठक, खादा सम्मान र हरेक कार्यक्रमका झिनामसिना कार्यक्रमको ‘फेसबुक लाइभ’ भिडियो समेत सेयर गर्न बांकी राखेनन् । उनले फडिन्द्र भट्टराईले औपचारिक घोषणा गरेलगत्तै म महासचिवमा ‘ह्याट्रिक’ गर्ने भन्दै केही थान अन्तर्वार्ता दिन पनि भ्याए । कतिपयले उनको त्यो ‘सतही’ घोषणालाई रुचाएका पनि थिएनन् । किनकि अरुले बोकेको भरमा महासचिव पदमै फेरि लड्छु भन्नु पदलोलुपताबाहेक अरु थिएन । तर, अन्ततः उनी अधिवेशन तोकिएको अघिल्लो दिन नेपालतिर उडे सपरिवार । नेपाल लागेपछि उम्मेदवारी दर्तामा उपस्थित हुने कुरै भएन ।
महासचिवमै लड्छु भनेर खुब उचालिएका बलराम मैनालीको पनि दर्ता कार्यक्रममा नाक मुख देखिएन । कार्यसमितिमै नरही एकैचोटी महासचिव ताक्नु उनको सस्तो लोकप्रियता बटुल्ने उद्देश्यबाहेक केही थिएन । आखिर उनले त्यो प्रमाणित गरे ।
एनआरएनए यूकेको साधारण सदस्यमात्र भएका फूलप्रसाद कंडेल पनि उपाध्यक्षमा लड्छु भनेर केही थान शुभकामना लिन भ्याए । फेसबुकतिर अनुहार देखाए तर दर्ता गर्ने दिन गायब भए उनी ।
गैरआवासीय नेपाली संघ यूके महिला संयोजकमा उठ्न बडो आतुर गरेर समाचार लेखाएकी गायिका अन्जु श्रेष्ठ पनि दर्ता कार्यक्रममा गायव भइन् ।
यी त केही उदाहरणमात्र हुन् । निर्वाचन तिथी तय भएको छैन्, निर्वाचन समिति बन्न बांकी छ तर सस्तो चर्चाका लागि ‘म पनि उठ्छु’ भन्दै उत्साहित हुनेहरु यो पटक पनि केही समयपछि दुलो पसे । कतिपयलाई चर्को उम्मेदवारी शुल्कले आंट्ने साहस पनि नदिएको हो ।
चुनाव आउन नपाउंदै उठ्छु भनेको भरमा समाचार बनाइदिने हामी पत्रकारहरुको पनि यसमा गल्ती छ । औपचारिक कार्यक्रम गरेको हुन्न, उसको बोली कतिसम्म ओजिलो छ त्यो नापेको हुन्न तर पत्रकारहरु समाचार बनाउन हतार गरिहाल्ने परिपाटी विकृतिकै रुपमा विकसित हुंदैछ । समाजसेवाको नाममा सिन्को नभांच्नेहरु जब जब चुनाव नजिकिन्छ, अनि उम्मेदवारी दिने भन्दै हल्ला गर्छन् । तर, पछि ति प्रायोजक नभेटिए वा कसैको साथ नपाए बीचमै सेलाउंछन् । हामीले तिनैलाई प्रश्रय दिएका छौं ।
पहिला उपल्लो पद ताकेर दर्ताको दिनसम्म तल झर्नेहरुको लिष्ट पनि लामै छ । यद्यपि, उनीहरु सहमतिका लागि लचिलो बन्दै आफूले त्याग गरेको दावी गर्छन् ।
एनआरएनए यूके सचिव भइसकेका नारायण पौडेल गाउंले यो पटक तल झरेर इंग्ल्याण्ड राज्य समितिको सचिवमा फेरि उठ्दैछन् । एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी आइसीसी उपाध्यक्षमा लड्ने हल्ला पिटियो तर उनले पछि बेलायतबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्यमा उम्मेदवारी दिए जसविरुद्ध दावी विरोध आएको छ ।
अनि अरुले उम्मेदवारी शुल्क हालिदिएको भरमा अगाडि सर्ने अर्को पंक्ति पनि छ । अब समाजसेवालाई मागी खाने भांडो वा चर्चाको माध्यम बनाउनेलाई निरुत्साहन जरुरी भइसकेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण