लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा मिडल्याण्डवासी नेपालीहरुले एक मतले पुनम-फडिन्द्र समूहसंग मिलेर निर्वाचनमा जाने लिखित सम्झौता गरेका छन् ।
मिडल्याण्डवासीको संयुक्त आवाज केन्द्रसम्म एक स्वरमा पुगोस् भन्ने उद्देश्यले अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङको समूहसंग सहकार्य गरेर अघि बढ्ने सहमति भएको मिडल्याण्ड क्षेत्रका अगुवा दयानिधी सापकोटाले जनाए ।
यही १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि एक निर्णायक शक्तिको रुपमा रहेको सो क्षेत्रमा मात्र १९ सय पंजीकृत सदस्य छन् ।
सोमबार साँझ नर्थवेष्ट लण्डनमा बसेको दुई पक्षबीचको बैठकले लिखित रुपमा चार बुंदे सम्झौतामा हस्ताक्षर गरेको उपाध्यक्षका प्रत्याशी पशुपति पोख्रेलले जानकारी दिए । सम्झौतापत्रमा पुनम गुरुङ समूहबाट अध्यक्ष उम्मेदवार पुनम गुरुङ, महासचिव उम्मेदवार फडिन्द्र भट्टराई तथा निर्वाचन अभियान संयोजक ले. (रि) चन्द्रबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
मिडल्याण्डको तर्फबाट साझा नेपाली समाजका अध्यक्ष महेश अधिकारी र निवर्तमान अध्यक्ष रणबहादुर केसीसहित उम्मेदवारहरु दयानिधि सापकोटा, पशुपति पोखरेल, कोशलेश्वर (कृष्ण) ढकाल र विष्णु चालिसेले हस्ताक्षर गरेका छन् । बाँकी तीन सदस्यका उम्मेदवारले पनि सहमतिका लागि आफ्नो ‘म्याण्डेट’ पठाएका छन् ।
मिडल्याण्ड र पुनम गुरुङ समूहबीच भएको ४ बुँदे सहमति अनुसार मिडल्याण्डले अध्यक्षमा पुनम गुरुङ र महासचिवका उम्मेदवार फडिन्द्र भट्टराईलाई सघाउने भएको छ ।
त्यस्तै, मिडल्याण्डबाट सामूहिक रुपमा उम्मेदवारी घोषणा गरेका ७ जना उम्मेदवारहरु पुनम समूहले जिताउने ‘ग्यारेन्टी’ लिएको छ ।
मिडल्याण्डले आइसिसी सदस्यमा दयानिधि सापकोटा, उपाध्यक्षमा पशुपति पोखरेल, सचिवमा कोशलेश्वर (कृष्ण) ढकाल, सहकोषाध्यक्षमा विष्णु चालिसे र सदस्यहरुमा गोमा पौडेल, नृपेश उप्रेती र कृष्ण खरेललाई उम्मेदवारको रुपमा अघि सारेको छ ।
पुनम नेतृत्वको संयुक्त प्यानलबाट अन्य पदका लागि उम्मेदवारहरुको छनौट आपसी समझदारीमा गर्ने तर मिडल्याण्डले थप पद दाबी नगर्ने सहमति भएको बताइएको छ ।
पुनम समूहले संयुक्त रूपमा कुल ७ हजार सदस्यता बुझाएको दाबी गर्दै आएको छ । यसैबीच मिडल्याण्डसंगको सम्झौतापछि सो समूह थप बलियो देखिएको छ । यो सहमति कुनै जाती, दल, लिंग, क्षेत्र भन्दा माथी उठेर समुच्च एनआरएनको बृहत्तर हितको लागी भएको र कसैको दवाव भन्दा पनि दुवै पक्षको आपसी हितको लागी गरिएको जानकारी सचिवका उम्मेदवार कोश्लेश्वर (कृष्ण) ढकालले जानकारी दिए । अब यो टिम बिजय गराउने सामूहिक दायित्व भएकोले सबै एक ढिक्का भएर इमान्दारीता साथ अभियानमा आजैको दिनबाट संयुक्तरूपमा लाग्ने सहमति भएको र उम्मेदवारी दाखिला पश्चात घरदैलोमा निस्कने समेत ढकालले जानकारी दिए ।
संघको निर्वाचनको लागि आगामी आइतवार उम्मेदवारी दर्ताको कार्यतालिका तय गरिएको छ । अध्यक्षको लागि गुरुङ, शेर बहादुर सुनार, प्रेम गाहामगर, सुशिला राई र ललित न्यौपाने मैदानमा छन् ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक