
लन्डन । बेलायतको तीन दिने औपचारिक भ्रमणका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती राजकुमार हयारीबीच भेटघाट तय भएको छ । प्रिन्स हयारीसंग जुन ११ मंगलबार केन्जिङटन प्यालेसमा भेट तय भएको लन्डनस्थित दूतावास श्रोतले जनाएको हो ।
करिब दुई वर्षअघि नेपाल भ्रमण समेत गरेका ब्रिटिश राजकुमार हयारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको बताउंदै आएका छन् । अफगानिस्तानमा गोर्खा सैनिकहरुसंगै बसेका हयारीले गोर्खालीको बहादुरी र आतिथ्यको पनि खुलेर प्रशंसा गर्ने गरेका छन् ।
भूकम्प गएको झण्डै एकवर्ष पछि नेपाल पुगेका हयारीले आफ्नो बसाइ लम्ब्याएर उत्तरी गोर्खाको एक गाउंमा गाउंलेहरुसंगै ढुंगा माटो बोकेर एक स्थानीय विद्यालयको पुनर्निर्माणमा सघाएका थिए ।
प्रधानमन्त्री ओली र बेलायती समकक्षी टेरेजा मेबीच ११ तारिखकै दिन दिउसो भेटवार्ता छ ।
नेपालका प्रधानमन्त्री १७ वर्षपछि बेलायत आउने भएपछि यहांको नेपाली समुदाय उत्साहित र आशावादी छ । प्रधानमन्त्री ओलीले भ्रमणका अवसरमा नेपाली डायस्पोरालाई समेत सम्वोधन गर्ने भएकाले उनीहरु आफ्ना कुरा राख्न आतुर छन् । आफ्ना प्रधानमन्त्रीसंग एनआरएनले दोहोरो नागरिकता र भूपू गोर्खाहरुले समान पेन्सन मुद्दा उठाउने बताएका छन् ।
बेलायती प्रधानमन्त्री मेको निमन्त्रणामा प्रधानमन्त्री ओली १० जुन सोमबार लन्डन उत्रने कार्यक्रम छ । तर, मेले गत शुक्रबार दलको नेताबाट राजीनामा दिइसकेकाले उनी यतिखेर कामचलाउ प्रधानमन्त्रीका रुपमा छिन् ।
बेलायत नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको २०३ वर्ष पुगिसकेको छ । भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन सघाउने बताउंछन् लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदी (ओबिइ) ।
‘प्रधानमन्त्री टेरेजा मेले छिट्टै सरकार छाड्न लागेको भए पनि ब्रिटिश सरकारको संयन्त्र भने स्थायी र व्यावसायिक छ । म भ्रमणको स्वागत र सफलताको कामना गर्दछु’, सुवेदीले भने । इकान्तिपुर
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग