लन्डन । ‘घुम्तीमा नआउ है आंखा तिमी जुधाउन…’ जस्ता कयौं कालजयी गीतका सर्जक प्रेमध्वज प्रधान लन्डन उत्रिएका छन् । ८२ वर्षीय गायक बिहीबार सांझ पहिलो पटक लन्डन उत्रिएका हुन् । प्रधानलाई हिथ्रो विमानस्थलमा राजदूत डा. दुर्गाबहादुर सुवेदी आफैंले स्वागत गरेका थिए ।
लन्डनस्थित नेपाली दूतावासको निमन्त्रणामा नेपाली संगीतका सबैभन्दा ज्येष्ठ श्रष्टाको बेलायत आगमन भएको हो । प्रधानलाई स्वागत गर्न मगर संघ यूकेका पदाधिकारी पनि विमानस्थल पुगेका थिए । उनीहरुले पनि गायकलाई खादा र पुष्पगुच्छाले स्वागत गरे ।
थकित मुद्रामा लन्डन उत्रिएका प्रधानले संक्षिप्त प्रतिक्रिया दिंदै बेलायतमा आफ्ना केही गीत सुनाउने बताए ।
‘नमान लाज यसरी…’, ‘तारामात्रै होइन तिमीलाई…’ ‘देउरालीमा बतास चल्यो’, ‘पर लैजाउ फूलहरु’, ‘गुलाफी घुम्टो…’ जस्ता दर्जनौं लोकप्रिय गीतका सर्जक प्रधानको सम्मानमा दूतावासले २४ मे शुक्रबार सांझ स्वागत तथा सम्मान समारोह राखेको छ ।
गायक प्रधान दूतावासले ३० मेमा म्यानचेष्टरमा गर्ने लोकतन्त्र दिवस समारोह र मगर संघ यूकेले आउंदो १ जुनमा फार्नबरोमा गर्न लागेको ‘ओपन कन्सर्ट’ मा समेत सहभागिता जनाउनेछन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?