लन्डन । ‘घुम्तीमा नआउ है आंखा तिमी जुधाउन…’ जस्ता कयौं कालजयी गीतका सर्जक प्रेमध्वज प्रधान लन्डन उत्रिएका छन् । ८२ वर्षीय गायक बिहीबार सांझ पहिलो पटक लन्डन उत्रिएका हुन् । प्रधानलाई हिथ्रो विमानस्थलमा राजदूत डा. दुर्गाबहादुर सुवेदी आफैंले स्वागत गरेका थिए ।
लन्डनस्थित नेपाली दूतावासको निमन्त्रणामा नेपाली संगीतका सबैभन्दा ज्येष्ठ श्रष्टाको बेलायत आगमन भएको हो । प्रधानलाई स्वागत गर्न मगर संघ यूकेका पदाधिकारी पनि विमानस्थल पुगेका थिए । उनीहरुले पनि गायकलाई खादा र पुष्पगुच्छाले स्वागत गरे ।
थकित मुद्रामा लन्डन उत्रिएका प्रधानले संक्षिप्त प्रतिक्रिया दिंदै बेलायतमा आफ्ना केही गीत सुनाउने बताए ।
‘नमान लाज यसरी…’, ‘तारामात्रै होइन तिमीलाई…’ ‘देउरालीमा बतास चल्यो’, ‘पर लैजाउ फूलहरु’, ‘गुलाफी घुम्टो…’ जस्ता दर्जनौं लोकप्रिय गीतका सर्जक प्रधानको सम्मानमा दूतावासले २४ मे शुक्रबार सांझ स्वागत तथा सम्मान समारोह राखेको छ ।
गायक प्रधान दूतावासले ३० मेमा म्यानचेष्टरमा गर्ने लोकतन्त्र दिवस समारोह र मगर संघ यूकेले आउंदो १ जुनमा फार्नबरोमा गर्न लागेको ‘ओपन कन्सर्ट’ मा समेत सहभागिता जनाउनेछन् ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]