लन्डन । बेलायतमा लामो समयदेखि बसोबासरत अर्थ ब्यबस्थापनका जानकार विकलचन्द्र आचार्यको नयाँ पुस्तक ‘बेलायतको वित्तीय अबलोकन’ छिट्टै पाठक सामू आउने भएको छ । पुस्तकमा बेलायतको वित्तीय सामर्थ, बैंकिंङ इतिहास, बैंकको संरचना तथा कार्यविधि, पाउण्ड स्टर्लिंगको अवस्था, सम्पत्ति सुद्दिकरण, बिमा, ब्रेक्जिट, औद्योगिक क्रान्तिको शिक्षा, लन्डन स्टक मार्केट लगायत वित्तीय क्षेत्रको विविध विषय समाबेश छ ।
बेलायतको वित्तीय परिवेशबाट नेपालले नीतिगत रुपमा सिक्न सक्ने कुराहरु धेरै भएको र यसको लागि आफ्नो सुझाबहरु पनि किताबमा लेखिएको कुरा लेखक आचार्यले बताए । विश्वको एक शक्तिशाली वित्तीय केन्द्र रहेको बेलायतको भित्रि गहिराइमा पुगेर लेखिएको यस किताबले बेलायतको बास्तबिक वित्तीय परिवेश बुझ्न सरल हुने पनि आचार्य बताउँछन् । बेलायतको वित्तीय क्षेत्रले संसारभर प्रभाव पार्ने गरेकोले राजधानी लन्डन आर्थिक केन्द्र रहिआएको छ ।
बेलायतमा मात्रै दिनमा औसत करिब २ दशमलब ७३ ट्रिलियन (२०७३ अर्ब) डलर बराबरको विदेशी विनिमयको कारोबार हुने गर्छ, जुन कुल विश्व कारोबारको ४० दशमलब ९ प्रतिशत हो । अमेरिकाको डाओ जोन्स र नस्डाक पछि लन्डन स्टक मार्केट आउँछ ।
बेलायतको प्रतिष्ठित प्राइभेट स्कुल आर्डिंङलाए कलेजमा छात्रवृत्ति पाएर बि.सं.२०५० मा बेलायत आएका हुन् । बेलायतमा उच्च शिक्षा अध्ययन गरेका आचार्यले शिक्षा, साहित्य तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउदै आएका छन् । उनका चार अरु पुस्तक प्रकाशित भइसकेका छन् । गोरखा बजारमा ४५ बर्ष अघि जन्मेका आचार्य सानै उमेरमा बेलायत आएपनि लेखनमा क्रियाशील छन् ।
वित्तीय क्षेत्र अलावा नेपालीमाझ मुटुरोगबारे सचेतना जगाउन उनले उलेख्य भूमिका खेलिरहेका छन् । डायस्पोरा जीबनको यथार्थलाइ समेटिएर लेखिएको उनको ‘मोह’ उपन्यास चर्चित भएको थियो ।
लामो समय ब्यबस्थापन बिषयमा अनुभव सँगालेका आचार्य ब्रिटिश मेडिकल जर्नालिष्ट एशोसियसनका सदस्य पनि हुन् ।
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते