लन्डन । म्याग्दी ओभरसिज नेपलिज एसोसिएसन (मोना) युकेले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा नेपालबाट आएका कलाकारहरुका साथ शुभकामना सांझ सम्पन्न गरेको छ ।
फार्नब्रोस्थित वोकफाम स्कुलमा भएको सो कार्यक्रममा धौलागिरी नौमती बाजाद्वारा प्रमुख अतिथि रसमुर बरोका काउन्सिल लिडर डेभिड क्राफोर्ड, विशेष अतिथि एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, काउन्सिलर अलेक्स क्राफोर्ड, म्याग्दीका भूपू सांसद नरबहादुर पुन र मोना अन्तर्राष्ट्रिय समितिका महासचिव मिम पुर्जालाई स्वागत गरिएको थियो ।
अतिथिहरु मोना आइसिसीका निवर्तमान महासचिव घनश्याम शाही बेल्जियम, मोना स्पेनका कुमार राम्जाली, सहारा युकेका अध्यक्ष, मगर संघ युकेका अध्यक्ष, मगर संघ युकेका पूर्व अध्यक्ष दूत पुन, सृजनशील नेपाली समाजका अध्यक्ष भक्त दर्जी, पर्वत समाजका अध्यक्ष नेत्र आले, बाग्लुङ समाज अध्यक्ष छविमाया पुन, तनहुँ समाजका अध्यक्ष लेख गुरुङ, गुल्मी समाजका अध्यक्ष राम गलामी, गोर्खा जिल्ला समाजका अध्यक्ष कर्ण दर्लामी, मगर संघका संरक्षक घन थापा, ग्रेटर रसमोर बरो नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्बासे, नेपाल इन्जिनियर्स एसोसिएसन युकेका अध्यक्ष तेजेन्द्र रोका, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपाङ्गीमगर, मगर आर्चरी क्लवका प्रतिनिधि, कलर सार्जेन्ट दिप प्रसाद पुन सिजिसी लगायत अतिथि तथा मोना युकेका विशिष्ट सदस्यहरुलाई मुख्य प्रवेशद्वारबाट स्वागत गरिएको थियो ।
कार्यक्रममा संस्थाका विष्णु भण्डारीले हेल्थ एण्ड सेफ्टीको जानकारी दिएपछि औपचारिक कार्यक्रम मोना युकेका महासचिव लालबहादुर पुनले शुरु गरेका थिए । कार्यक्रम सहयोजक एवं केन्द्रीय उपाध्यक्ष कुमार फगामीले स्वागत मन्तब्य राखे पछि शुभकामना सांझको औपचारिक कार्यक्रम उद्घाटन मोना युकेका अध्यक्ष दल जुग्जाली लगायत प्रमुख अतिथि, अतिथि गण र संस्थाका विशिष्ट सदस्यहरुबाट दीप प्रज्वलन र रिबन काटी गरिएको थियो ।
कार्यक्रममा दिवंगत म्याग्दीवासीहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने मोना युकेको निम्तोमा आएका मोना आइसिसीका महासचिव मिम पुर्जा तथा पोर्चुगल, बेल्जियम, स्पेनबाट आएका पाहुनालाई मायाको चिनो र खादाले स्वागत गरियो ।
यसैगरी, विभिन्न विश्वविद्यालयबाट पीएचडी, डाक्टर, मास्टर, ग्रयाजुयसन गर्ने विद्यार्थीहरुलाई बधाईका साथ खादा र प्रमाणपत्रले सम्मान गरियो ।
कार्यक्रममा बेगका नखु पुर्जा र तारा पुर्जाको शब्द र लयमा बनेको ’बेगको गाउँ’ एल्बम विमोचन गरिएको थियो । मोना युकेमा भर्खरै मात्र नवनिर्वाचत ७ ट्रष्टी र १३ सल्लाहकारहरुलाई उच्च सम्मानसहित वधाई र शुभकामना अर्पण गरिएको थियो ।
शुभकामना साँझका प्रमुख अतिथि डेभिड क्राफोर्ड, विशेष अतिथि एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, मोना आइसिसीका महासचिव मिम पुर्जा र एनआरएनए युकेका उपाध्यक्ष प्रेम गाहा मगरले मन्तब्य दिएका थिए भने औपचारिक धन्यवाद म्याग्दी अर्गनाइजेसन युकेका अध्यक्ष दल जुग्जालीले दिए ।
साँस्कृतिक कार्यक्रम सँस्कृति सचिव गंगा पुर्जा, साँस्कृतिक सहसचिव नुनु थापा, जानकी पुन र दिनेश रोका लगायतले सञ्चालन गरेका थिए । म्याग्दीको टिपिकल सोरठी, स्टिलका थाली नाचसहित नेपालका चर्चित कलाकारहरु कुमार पुन, कुमारी चेपांग र पप गायिका निखिता थापा साथै स्थानिय कलाकार रत्न शाही र समूहबाट सामूहिक गीत र नृत्य प्रस्तुत गरी भरपुर मनोरञ्जन दिलाएका थिए ।
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग