
लन्डन । नेपलिज एसोसिएसन यूके, हिमालयन यती को दुई दिवसीय २८ औं वार्षिक अधिवेशन तथा नेपाली नयां वर्ष २०७६ उत्सव म्यानचेष्टरमा भव्य रुपमा सम्पन्न भएको छ । गत १३ र १४ अप्रिलका दिन म्यानचेस्टरस्थित ब्रिटानिया कन्ट्री हाउस होटलमा भएको हो ।
उक्त कार्यक्रममा बेलायतको विभिन्न शहरका नेपालीहरु उपस्थित थिए । कार्यक्रममा प्रमुख अतिथी थिए लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी । सम्वोधनका क्रममा राजदूत डा. सुवेदीले नेपाली कला संस्कृति र परम्परा जगेर्ना गर्न हिमालयन यतीले उदाहरणीय कार्य गरिरहेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै संस्थाका अध्यक्ष पुष्प श्रेष्ठले भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रत भएको धादिङ्गस्थित एक विद्यालय भवनलाई नयां भूकम्प निरोधक बनाई हालै हस्तान्तरण गर्न सफल भएकोमा सहयोगी सबैप्रति आभार व्यक्त गरे ।
अघिल्लो दिन संस्थाको २९ औं वार्षिक साधारण सभामा प्रस्तुत वार्षिक र आर्थिक प्रतिवेदन बैठकबाट पारित गरिएको थियो ।
सभामा संस्थाद्वारा भूकम्पबाट पूर्ण रूपमा क्षतिग्रस्त धादिङ्गस्थित विद्यालय भवन निर्माणमा ६० लाख रुपैंयाको खर्च भएको प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त निर्माण कार्य सम्पन्न गर्न स्थानीय जनश्रमदान २५ प्रतिशत र पोखरा लेकसिटी लायन्स क्लबले सहकार्य गरेको थियो ।
वार्षिक अधिवेशनको पूर्वसन्ध्यामा आयोजित वार्षिक रात्री भोजमा बेलायतका लागि नेपाली राजदूत डा. सुवेदी उपस्थित थिए ।
नव वर्षको उपलक्ष्यमा आयोजित विशेष समारोहमा नेपाली बालबालिकाहरुले रोचक नेपाली नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राजदूतसहित अन्य सहभागीले संस्थाका अध्यक्ष पुष्प श्रेष्ठले विगत २४ वर्षदेखि निरन्तर रुपमा संस्थाको अध्यक्षको कार्यभार सम्हाली सामाजिक सेवा र नेपाली समाजका लागि अतुलनीय एवं अनवरत योगदान गरेको भन्दै कदर गरेका थिए । आफ्नो प्रशंसा भएकामा श्रेष्ठले कृतज्ञता ज्ञापन गर्दै यसले सामाजिक कार्यमा अझ क्रियाशिल हुन प्रेरित गरेको बताएका थिए ।
समारोहमा गतवर्ष भरी संस्थाका निम्ति गरेको योगदानको कदर स्वरुप श्रीमती सरोज शर्मालाई वर्षको उत्कृष्ट नारी उपाधिद्वारा सम्मान गरिएको थियो ।
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा