लन्डन । धारा ५० खारेज गरि ब्रेक्जिट रद्द गर्न माग गर्दै शुरु गरिएको ‘इ पिटिसन’ संख्या ५७ लाख बढि पार गरेको छ । यसपटक यूके इतिहासमै सबैभन्दा बढि हस्ताक्षर संकलन भएको हो । उक्त हस्ताक्षर एकजना अवकासप्राप्त लेक्चरर ७७ वर्षीया मार्गरेट जोर्जीयाडुले शुरु गरेकी थिइन् ।
अब सरकारले यस विषय संसदमा वहसका लागि लैजाने बताएको छ । अप्रिल १ तारिख सोमबार ब्रेक्जिट रद्द विषय सांसदहरुमाझ पुग्ने बीबीसीले जनाएको छ । त्यसै दिन ब्रेक्जिटसंग सम्बन्धित अरु दुई मुद्दामा पनि वहस हुनेछ । एक लाख हस्ताक्षर पुगे कुनै पनि मुद्दा संसदमा वहसका लागि लैजाने प्रावधान छ ।
उक्त दिन एकलाख २० हजार हस्ताक्षर पुगेको ‘इयूबारे दोश्रो जनमत संग्रह विषय’ र एक लाख ४० हजार हस्ताक्षर पुगेको ‘सम्झौता वा बिना सम्झौता २९ मार्चमै बेलायत इयूबाट अलग्गिनुपर्ने’ विषयले पनि प्रवेश पाउने भएको छ । तर, सरकारले धारा ५० खारेज गरि ब्रेक्जिट रद्द मतदाताहरुका लागि धोका हुने स्पष्ट पारेको छ ।
बेलायत इयूबाट यही २९ मार्च शुक्रबार अलग्गिने तय भएको थियो तर इयूले प्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिट डिल पारित गर्ने वा अर्को कदम चाल्न बेलायतलाई थप समय दिएको छ । प्रधानमन्त्री मेको ब्रेक्जिट डिल बेलायती संसदले पारित गरे बेलायत २२ मेमा डिलसहित बाहिरिनेछ भने सम्झौता पारित नभए नयां प्रस्तावका लागि १२ अप्रिलसम्म समयसीमा दिइएको छ । तर, प्रधानमन्त्री मेको प्रस्ताव यसअघि संसदले दुई पटक अस्वीकृत गरिसकेको छ ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार